पोखरा-१८ को अगुवाइमा आइतबार फेवाताल सरसफाई गरिने

पोखरा न्यूज – ०१, चैत । पोखरा महानगरपालिका वडा नम्बर १८ को अगुवाIमा आइतबार बिहान फेवातालमा सरसफाई गरिने भएको छ ।

फेवातालको खपौंदी क्षेत्रमा केन्द्रित हुने गरी जलकुम्भीः सहितको झार एंव फोहोर मैला संकलन गर्ने गरी आइतबार विहान ८ बजे देखि बृहत सरसफाई गनिरे भएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।

फेवा पर्यटन विकास समिति, हर्पन फेवा मत्स्य सहकारी संस्थाको संयोजनमा हुने कार्यक्रममा करिब एक सय भन्दा बढी व्यक्तिको सहभागिता हुने भएको अध्यक्ष थापाले जनाए । उनले भने “फेवातालको सरसफाई अभियान अन्तर्गत जलकुम्भी झार फाल्ने मेसिनले फाल्न नसक्ने अबस्थामा रहेको फेवातालको किनारामा रहेको जलकुम्भी सहितको झार निकाल्ने छौं । ”

पोखरा महानगरपालिकाले फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । उक्त अभियानलाई निरन्तरता दिन पोखरेलीले माग गरेका छन्।

सर्वाेच्व अदालतले फेवाताल संरक्षण गर्नु भनि स्थानिय तहलाई दिएको निर्देशन पालना गर्न पोखरा महानगरपालिकाले उक्त अभियान सुरु गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button