डेढ महीना पछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

पोखरा न्यूज – ०२, चैत । विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् ।

कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका हुन् ।

कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले बताएका छन् । शैक्षिक एवम् अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको विद्यार्थी अनित सिन्हाले बताए ।

एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए ।

विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पुर्जीविरुद्ध कलेजका अध्यक्ष अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. कहिले एक्कासी ताला लगाउने । मन लाग्यो ताला खोल्ने यो कस्तो सस्कार हो । फोहोर गर्ने बेला दैलो नदेख्ने पछी दैलो देख्ने उखान गण्डकी मेडिकल कलेजका विद्यार्थीमा लागु हुन्छ । त्यसो त स्याल बाठो हुँदा शहर पच्छ भनिन्छ । कलेज बन्द गरेर आन्दोलन गर्दा पढाई चाहिएन अब परिक्षा फारम खुले पछी कलेज चहियो अनि परिक्षा पनि चहियो । कसरी ४६ दिन कलेजमा अध्यायन कार्य बन्द हुँदा विद्यार्थीहरुको ८० प्रतिसत हाजिरी कसरी पुग्छ । गैर आन्दोलन मा सहभागी विद्यार्थीहरुको बिश्वबिद्यालबाट दर्ता खारेज गरी यि विद्यार्थीहरु भबिश्यमा समेत बिश्वबिद्यालय मा अध्यायन गर्न बाट अयोग्य घोशणा गर्नु जरुरी छ ।
    अब यो कलेजका विद्यार्थीहरुले के के हैसियत ले यो कलेज मा अध्ययन गर्ने खोजेको । सबभन्दा राम्रो त कलेज स्थान्तर गरेर अर्को कलेज पढदा राम्रो होला ।
    अर्को बिकल्प त डा गोबिण्ड के सि र जिल्ला प्रशासन र विद्यार्थी सगठन हरुले कक्षा लिदा राम्रो होला ।
    सच्चिनै कलेजमा अध्यायन गर्ने हो भने अझ मौका छ कलेज सचालक सँग माफी माग्ने र गल्ती स्विकार गरी कलेज बिरुध्ह को मुद्दा फिर्ता गरेमा सच्चालकको मन पग्लिन सक्छ होला किनकी अतिरिक्त शुल्क सबै मेडिकल कलेज हरुले लिएका छन ।
    अबा कलेज सदाको लागी बन्द नहोला भन्न पनि सकिन्न यती भो भने विद्यार्थीहरु बाकी समय आन्दोलन गरेर बश्ने होला । आन्दोलन गर्दा चाडै नेता हुन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button