पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग २५ दिनमा तयार हुने , एप्रोन निर्माण कार्य सकियो

विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सम्पन्न

पोखरा न्यूज – ०३, चैत । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख विनेस मुनाकर्मीले चैत्र महिना भित्रै विमानस्थलको धावनमार्ग (रन वे ) तयार हुने बताएका छन् । विमानस्थलको  निर्माण कार्य द्रुत गतिमा भइरहेको बताउदै मुनाकर्मीले रन वे निमार्णको काम ७० प्रतिशत सकिएको र आगामी २५ दिन भित्र रन वे को सम्पूर्ण  निर्माण कार्य पुरा हुने जनाए । रन वे रिजीट पेभमेन्ट (ढलान) सिस्टममा बनेकाले पिच भन्दा दिगो हुने बताइएको छ ।

एप्रोन निर्माण सकियो 

विमानस्थलको निर्माण कार्य सुरु भएको करिब १५ महिनामा विमानस्थलको एप्रोनको  निमार्ण कार्य समेत पुरा भएको छ । यस अवधिमा परियोजनाका बिभिन्न ५ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ भने ९ वटा भवन निमार्णको क्रममा रहेका छन्।  ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेशन, सेन्ट्रल बेस  स्टेशन र स्पेशल भेहिकल कल ग्यारेज  निमार्ण भइसकेको आयोजना प्रमुख मुनाकर्मीले बताए  । “सबैको साथ् र समर्थनले काम दुर्तगतिमा अगाडि बढेको छ , एप्रोनको  निमार्ण कार्य पुरा भयो, ५ वटा भवन समेत बनिसके, २५ दिन भित्र रन वे तयार हुन्छ, यस्तै सहयोग रहिरहे  विमानस्थलको निर्माण कार्य ६/७ महिना अगावै पुरा हुन्छ” – उनले भने  ।

हालसम्म  ३० प्रतिशत काम पुरा 

विमानस्थलको निर्माण कार्य समग्रमा ३० प्रतिशत  पुरा भएको  र आउदो असार मसान्तसम्म  ३५ प्रतिशत सक्ने  लक्ष्य अनुरुप आफुहरुले द्रुत गतिमा काम अघि बढाएको मुनाकर्मीले बताए । लक्ष्य   ३५ प्रतिशत भएपनि असार मसान्त भित्र लक्ष्यभन्दा ५ प्रतिशत बढी अर्थात ४० प्रतिशत निमार्ण कार्य सम्पन्न हुने भएको उनले जनाए  ।

त्यसै गरी विमानस्थलमा माटो कटान तर्फ ७० प्रतिशत काम पुरा भएको आयोजनका प्रमुख मुनाकर्मीले जनाए । सन् २०१९ भित्रमा उक्त परियोजानको ६० प्रतिशत काम सक्ने गरी निर्माण कार्यलाई तिव्रता दिइएको उनले जनाए । उक्त परियोजनामा हाल दैनिक ४ सय ५० जनाले काम गर्दै आएको आयोजनका प्रमुख मुनाकर्मीले बताए ।

उक्त परियोजनामा काम गर्ने अधिकाशं चाइनिजहरु रहेका छन्। २५ देखि ३० प्रतिशत बाँकी काम भने अन्तिम ६ महिना भित्र हुने भएको उनले बताए । सन् २०२० मा मात्र ४० प्रतिशत काम बाँकी रहने भएको आयोजनका प्रमुख मुनाकर्मीको भनाइ छ ।

९५ प्रतिशत जग्गा अधिग्रहण गर्ने काम सकियो 

जग्गाको बिषयमा अझै पनि ५ प्रतिशत मुआब्जा लिन नआएको उनले बताए । ९५ प्रतिशत जग्गा अधिग्रहण गर्ने काम सकिएको आयोजना प्रमुख मुनाकर्मीले बताए । केही विदेश भएको त केहिले मुआब्जा नै लिन नआएकोले गर्दा केहीको मुआब्जा बाँकी रहेको उनले जनाए । अहिले २ हजार ५ सय मिटर को रन वे को छेउ छाउमा भने माटो भर्ने काम भइरहेको उनले जनाए ।

९० रोपनी थप जग्गा आवश्यक 

विमानस्थललाई आवश्यक थप पूर्वाधार निर्माणका लागि  दक्षिण तर्फ ६० रोपनी जग्गा आवश्यक भएको मुनाकर्मीले बताए । दिर्घकालिन सोचका आधारमा अन्तर्राट्रिय स्तरकै विमानस्थल निर्माणको लागि ह्याङगर सहितको संरचनाको लागि केही जग्गा आवश्यक हुने उनको भनाइ छ । इन्नधन डिपोको लागि थप ३० रोपनी जग्गा आवश्यक भएको समेत  उनले बताए ।

२४ मिटर डाँडा कटान गरिने 

विमानस्थललाई असर पार्ने देखिएको रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानिय सरोकारवाला  निकायसंग समन्वय गरी २४ मिटर डाँडा कटान गर्ने तयारी  भएको उनले जनाए । विमान उडान र अवतरणमा असर गर्ने भएकोले उक्त डाँडा कटान हुने भएको हो ।

एक बर्ष भित्र रिङरोड बनाइने

विमानस्थलको बाहिरी पेरिफेरी क्षेत्रमा  १० किलोमिटर सडक निमार्ण गरिने  मुनाकर्मीले बताए बताए । उक्त क्षेत्रमा हाल ट्रयाक निमार्ण गरिएको र  आगामी एक बर्ष भित्र सडक निमार्ण गरिने उनले जनाए । कुनै बाधा अड्चन नआएको खण्ठमा आफुहरुले निर्धारित समयमै सडक निमार्ण  गर्ने उनको भनाइ छ । विमानस्थलको पानीलाई व्यबस्थापनको लागि अस्थायी ड्रेनबाटै व्यबस्थापन गर्ने आयोजनका प्रमुख मुनाकर्मीले बताए । क्षति न्यूनिकरणको लागि ठाँउ ठाँउमा क्रस ड्रेन निमार्ण गरेको उनको भनाई छ  ।

चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले नेपाल सरकारले तोकेको समय सिमा भन्दा २/४ महिना अघि उक्त योजना सक्ने गरी निर्माण कार्य तिव्र पारिएको बताए । स्थानीय, प्रदेश र संघिय सवै तहका सरकार र सरोकारवाला निकायको यसै गरी साथ र सहयोग पाएको खण्डमा आफुहरुले सन् २०२० भित्रै उक्त परियोजना सक्ने योजना रहेको उनले बताए ।

विजयपुर पुलको स्थायी हल नभए आयोजना प्रभावित हुने 

पोखराको विजयपुर पुल चर्केर त्यसको विकल्पमा हाल अर्को अस्थायी डाभर्सन पुल निर्माण भएकोले बर्षातको समयमा त्यसको विकल्प हुन नसके निमार्णमा असर पर्न सक्ने उनले जनाए । उक्त अस्थायी पुल निर्माणमा परियोजनाले स्काभेटर, टिप्पर उपलब्ध गराउदै माटो समेत सहयोग गरेको थियो ।

पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाइनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण सुरु भएको हो । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button