पोखरामा फेवाताल सरसफाई अभियान सुरु

पोखरा न्यूज – ०३, चैत । पोखरा महानगरपालिका वडा नम्बर १८ को अगुवाइमा आज (आईतबार) बिहान फेवातालमा सरसफाई भएको छ ।

फेवातालको खपौंदी क्षेत्रमा केन्द्रित हुने गरी बेश्रम तथा जलकुम्भीः सहितको झार फाल्ने काम भएको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।

फेवा पर्यटन विकास समिति, हर्पन फेवा मत्स्य सहकारी संस्थाको संयोजनमा हुने कार्यक्रममा करिब एक सय भन्दा बढी व्यक्तिको सहभागिता भएको अध्यक्ष थापाले जनाए ।

उनले भने “फेवातालको सरसफाई अभियान अन्तर्गत जलकुम्भी झार फाल्ने मेसिनले फाल्न नसक्ने अवस्थामा रहेको फेवातालको किनारामा रहेको बेश्रम तथा जलकुम्भी सहितको झार निकाल्ने छौं । ” वडाको अगुवाइमा महिनाको एक पटक हरेक ३ गते फेवाताल सरसफाई गरीने भएको उनले जनाए ।

पोखरा महानगरपालिकाले फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको छ । उक्त अभियानलाई निरन्तरता दिन पोखरेलीले माग गरेका छन्।

सर्वाेच्व अदालतले फेवाताल संरक्षण गर्नु भनि स्थानिय तहलाई दिएको निर्देशन पालना गर्न पोखरा महानगरपालिकाले उक्त अभियान सुरु गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button