‘कृषि र पर्यटनबाट समृद्धि सम्भव’

पोखरा न्यूज – ०३, चैत । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कृषि र पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको बताएका छन्  ।

मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणाका लागि तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा आज आयोजना गरिएको तयारी भेलामा उनले कृषि क्षेत्रको व्यावसायीकरणसँगै पर्यटन प्रबर्द्धनबाटै समृद्धि सम्भव रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउनसरकार लागिरहेको भन्दै समृद्धिको अभियानमा स्थानीयले समेत साथ दिनुपर्ने उल्लेख गरे ।

उनले प्रदेशका ३६ निर्वाचन क्षेत्रमा नमूना कृषि गाउँका लागि ठाउँहरु छनोट भइसकेकाले साँच्चैको नमूना गाउँ बनाउन स्थानीयवासीको पनि भूमिका हुने बताए । प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा नमूना कृषि गाउँ बनाउने लक्ष्य भए पनि पहिलो चरणमा ३६ निर्वाचन क्षेत्रमा यो कार्यक्रम लागु भएको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले नमूना कृषि गाउँलाई विश्वकै नमूना बनाउनुपर्ने बताए । वडाध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँमा छनोट हुनु खुशीको कुरा भएको भन्दै गाउँलाई नमूना बनाउन यहाँका स्थानीयवासी प्रतिबद्ध रहेको जानकारी गराए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button