पोखरामा कलाकारले होली पर्वको अवसरमा होली म्यूजिक फेष्टिवल गर्ने

पोखरा न्यूज – ३, चैत ।

पर्यटकीय नगरी पोखरामा होली पर्वको अवसरमा पोखराका कलाकारले होली म्यूजिक फेष्टिवल आयोजना गर्ने भएका छन्। पोखरा सांगीतीक कलाकार संघ नेपालको आयोजनामा यही चैत ६ गते पोखराको लेकसाइड स्थित क्याम्पिङचोकमा  कार्यक्रम हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

संघको कलाकार कोष अभिबृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ सांगीतीक कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष सुनिल थापाले बताए । कार्यक्रम पुर्वान्हः ११ बजे देखि साँझ ६ बजेसम्म हुनेछ । हिमाअसको प्रस्तुती तथा कफी बियाको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुने भएको आयोजकले जनाएको छ ।

होली पर्वलाई बिशेष रुपमा मनाएर सांस्कृतिक पर्यटन प्रवर्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिने भएको अध्यक्ष थापाले बताए । विनोद वानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ति तुलाचन, बबी सुनार, भास्करध्वज श्रेष्ठ लगायतका कलाकार तथा कन्दरा, डि-मर्चा, लेकाली, देउराली ब्याण्डको प्रस्तुति रहने भएको थापाले जनाए । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च लाग्ने संघले जनाएको छ ।

पत्रकार सम्मेलनको अवसरमा संघलाई एक लाख रुपैया सहयोग प्राप्त भएको छ । हङकङको भेट्रान्स समुहको तर्फबाट प्रतिनिधित्व गर्दै अर्जुन गुरुङको नेतृत्वमा उक्त रकम संघलाई प्राप्त भएको हो । कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button