पोखरा सराङकोटमा रातारात सुकुम्बासी बस्ती बसाल्न प्रयास गर्ने ५७ जना पक्राउ

पोखरा न्यूज – ४, चैत ।

पोखरा महानगरपालीका – १८  सराङकोट स्थित जामुनाबोटमा आइतबार बेलुका रातारात सुकुम्बासी बस्ती बसाल्ने प्रयास गरेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय विभुति तथा स्मृती पार्क निमार्ण गर्ने भनिएको उक्त जग्गामा आइतबार रातारात सुकुम्बासी बस्ती बसाल्ने प्रयास गरेका ५७ जनालाई स्थानियको सहयोगमा प्रहरीले नियन्त्रमा लिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले पोखरा न्यूजलाई बताए ।

उनका अनुसार भोजराज त्रिपाठीको नेतृत्वमा विभिन्न जिल्लाबाट पोखरामा आई बसोबास गरेका मजदुरहरु सुकुम्बासी बस्ती बसाल्ने भन्दै उक्त क्षेत्रमा बसोबास गर्ने प्रयास गरेका हुन्। त्रिपाठी सहितका ५७ जनालाई नियन्त्रणमा लिएसंगै ४७ जनालाई हिजो राति नै छाडिएको एस.पी. रानाले बताए । १० जनालाई उक्त घटनाको बारेमा अनुसन्धान गर्नको लागि आफ्नो नियन्त्रणमा राखिएको उनले जनाए । त्रिपाठीले यस अघि पनि सराङकोट क्षेत्रका सार्वजनीक तथा प्रति जग्गा अतिक्रमण गर्दै आएको पोखरा महानगरपालीका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरा न्यूजलाई बताए ।

उक्त क्षेत्रमा रातरात सुकुम्बासी बस्ती बस्ने खबर थाहा पाएसंगै स्थानियले प्रहरीलाई खबर गरी प्रहरीको सहयोगमा स्थानियले हाते साङलो मार्फत ५७ जनालाई नियन्त्रणमा लिएका थिए । त्रिपाल सहित करिब ७० जनाको एक समुह जामुनेबोटमा आईतबार बेलुका ८ः०० तिर आयर बस्न थाले पछि स्थानियले सोधखोज गर्दा आफुहरुलाई गाँस, वास र कपासको खोजीमा गौचरणमा आएको प्रतिकृया दिएसंगै स्थानियहरुले सुकुम्बासिको नाममा जामुनेबोटमा आएको समुहलाई स्थानियले धपाउने रणनितीमा घर घरबाट निस्केर उनीहरुलाइ प्रहरीको सहयोगमा सो क्षेत्रबाट हटाएका हुन्।

आफुहरुले विगतका बर्ष देखि जामुनेबोटको क्षेत्रमा भोगचलन गर्दै आएको भए पनि महानगरले स्मृति पार्क बनाउने चासो दिए पछि त्यसमा आफुहरुले स्विकार्य गरे पछि महानगरले उक्त क्षेत्रको जग्गा संरक्षण गरी पार्क बनाउन नसके आफुहरुले उक्त जग्गा आफुहरुले नै संरक्षण गर्ने ग्यारजाती टोल विकास समितिका अध्यक्ष भरत बहादुर थापाले बताए । पटक पटक सराङकोट जामुनेबोटको क्षेत्रमा अतिक्रमण हुने प्रयासः भएकोले समयमै यसको संरक्षण गर्न उनले माग गरे । स्थानिय ईन्द्र बहादुर थापाले मानगरले छिटो भन्दा छिटो उक्त जग्गा संरक्षण सहित स्मृति पार्क बनाउन आग्रह गरे ।

पोखरा महानगरपालिकाले पोखराका विभन्नि चोकहरुमा रहेका सालिकहरुलाई ५७ रोपनी रहेको सराङकोटको जामुनेबोटमा व्यस्थापन गर्ने निर्णय गरे पनि समयमै उक्त जग्गाको संरक्षण गर्न नसक्दा सुकुम्बासि बस्ती बसाल्ने प्रयास भएको समितिका अध्यक्ष थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button