स्याङ्जामा खेत जोत्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

पोखरा न्यूज – ०४, चैत । स्याङ्जामा सोमबार करेन्ट लागेर एक व्यक्तिको मृत्युको भएको छ ।

स्याङ्जा विरुवा गाँउपालिका-६ स्थित गैरीका ५७ बर्षीय कृष्ण बहादुर थापाको खेत जोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेत जोत्ने क्रममा जुवा बिजुलीको पोलमा ठोक्किन जाँदा काठको पोल एक्कासी भाचिएर थापालाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button