राष्ट्रिय सम्पत्तिलाई प्रोजेक्ट बनाएर बेच्न खोजियो: अर्थमन्त्री गुरुङ

पोखरा न्यूज – ०४, चैत । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यको सम्पती तथा राष्ट्रिय सम्पदालाई केही व्यक्तिहरुले प्रोजेक्ट बनाएर बेच्न खोजेको बताएका छन्।

सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राज्यको सम्पती तथा राष्ट्रिय सम्पदालाई आफ्नो बाबुको प्या जसरी केहीले प्रोजेक्ट बनाएर बेच्न खोजेको बताएका हुन्।

उनले भने “जोसंग पैसा छैन, उहीहरु नै ठुला ठुला प्रोजेक्टको कुरा गर्छन, यही हो मौका भनि राज्यको सम्पति तथा राष्ट्रिय सम्पत्तिलाई प्रोजेक्ट बनाएर केहीले बेच्न खोजेका छन्, तर यसलाई विधि र प्रक्रिया अनुसार संचालन गराउनु पर्छ ।” आफ्नो बाबुको सम्पती जसरी डाँडाका डाँडा ओगटेर प्रोजेक्ट बनाएर तलाई यति शेयर सेना, पुलिस, पत्रकारलाई यति शेयर भनेर बाड्न खोज्न ठिक नभएको उनको भनाई थियो ।

अब कसैसंग मागेर देशमा समृद्धि हासिल गर्न नसकिने मन्त्री गुरुङले बताए । भारत, चिन लगायतका देशसंग मागेर देशको आर्थिक विकास नहुने उनको भनाई थियो । उनले भने “ समृद्धिको नाममा कसैसंग माग्नु भनेको गरिबी नै हो, मागेर समृद्धि हासिल गर्न सकिदैन, कुनै पनि राष्ट्रसंग भिख मागेर समृद्धि हासिल गर्न सकिदैन् । ” व्यापार घाटालाई सकरात्मक ढंगले लियर त्यस क्षेत्रको उत्पादन बृद्धि गर्नु पर्ने मन्त्री गुरुङको भनाई थियो । सकरात्मक सोचबाट अघि बढाउनु पर्ने उनले जनाए ।

अझै पनि बैंक तथा वित्तिय संस्थाहरुले अनुत्पादक क्षेत्र घरजग्गामा लगानी हुँदा देशमा आर्थिक तरलता भएको मन्त्री गुरुङले जनाए । विदेशमा प्रोजेक्टलाई आधार मानेर बैंकले लगानी गर्ने गरेको बताउदै उनले नेपालमा भने बैंक तथा वित्तिय संस्थाहरुले धितो हेरी लगानी गर्ने गरेको जनाए ।

अझै पनि दोहोरो तथा तेहोरो कर प्रणाली भएकोले त्यसलाई अन्त्य गर्न एकद्धार प्रणाली गर्ने तयारी गरेको मन्त्री गुरुङले बताए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको धेरै ठाँउहरुको विकासको लागि सुरुङ मार्गबाट छोटो दुरीमा यातयात सेवा संचालन गर्नुपर्ने बताए । प्रदेश सरकारको ध्यान कास्की, गोर्खा, लमजुङ र पर्वतमा मात्र केन्द्रित नभई ११ जिल्लामा उतिकै हुनु पर्ने उनको माग छ । समयमै पुंजीगत खर्च गर्न नसक्दा देशमा विकासले गति लिन नसकेको पुर्व अध्यक्ष मुल्मीले बताए ।

गण्डकी प्रदेशका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्माले सुरुङ मार्ग निमार्ण गर्न निकै खर्चिलो हुने बताए । पोखरामा विश्व बिद्यालय भए पनि सवै संघिय सरकारबाट संचालन भएकोले प्रदेशले आफ्नो नियन्त्रणमा विश्व विद्यालय स्थापनाको तयारी गरेको उनले जनाए ।

कार्यक्रममा सहभागिले अझै पनि कर्मचारीहरुमा काम गर्ने पुरानै ढंगको भएको गुनासो गरेका थिए । स्थानिय तह देखि केन्द्र तहसम्म आर्थिक पारदर्शीता नहुदा भ्रष्टचार हुने गरेको सहभागिले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button