कसले बिगार्‍यो पोखराको चिप्लेढुङ्गाको स्वरूप ? महानगर भन्छ कारबाही गर्छौ

पोखरा न्यूज – ४, चैत । पोखराको पुरातात्विक तथा  चिप्लेढुङ्गाको  इतिहास बोकेको ढुङ्गाको प्राकृतिक रङ्ग बिगारेर पहेलों रंगले पोतिएको छ  ।

पोखराको महत्वपूर्ण ब्यापारिक स्थल मानिने चिप्लेढुङ्गा जसको नामले  त्यहाँको पहिचान बनेको  छ  त्यही इतिहासलाई मेटेर कसैले आफूलाई अव्वल देखाउने कसरत गरेको देखिन्छ  । तर पोखराको ब्यस्त बजारमा रहेको  ढुङ्गामा रङ्ग कसले लगायो भन्नेबारेमा  महानगर नै  बेखबर छ । पोखरेली जनताले इतिहास बोकेको ढुङ्गाको प्राकृतिक रङ्ग बिगारेको भन्दै सामाजिक संजालमा असन्तुष्टि ब्यक्त गर्न थालेका छन् ।

लायन्स क्लब अफ हेम्जाले  ढुङ्गाको संरक्षण गर्न भन्दै केहि समय अगाडि बार लगाएको थियो । पोखरा यति बेला लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ को महाधिवेशनको तयारीमा भएकाले धेरैले लायन्स क्लबलेनै ढुङ्गामा रङ्ग लगाएको आसय ब्यक्त गरेतापनि ढुङ्गा रंगाएको देखेर आफुनै  अचम्मित परेको लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७/१८ का  अध्यक्ष नवराज त्रिपाठी बताउछन्  । उनले भने – “ढुङ्गाको  प्राकृतिक स्वरूपनै बदलिने गरेर ढुङ्गा हो कि सिमेन्टको थुप्रो हो भन्ने नछुटिने गरि कसले रङ्ग पोत्यो हामी अचम्मित छौ ।” 

यसबारेमा  महानगरका प्रमुख मान बहादुर जिशीलाई सोध्दा आफुले  पनि रङ पोतेको  देखेको बताए । उनले भने–“मैले कसले गर्यो भन्ने जानकारी पाएको छैन, जो सुकैले गरेको भए पनि चिप्लेढुङ्गामा रङ पोत्नु राम्रो भएन हामी कारवाही गर्छौ ।” उनले थपे –”चिप्लेढुङ्गा जे जस्तो अबस्थामा थियो त्यही पुरानै अवस्थामा फर्काउनुपर्छ त्यो भन्दा बढी हामी केही जान्देनौ ।”

पोखराका अहिलेका यूवा पुस्तालाई चिप्लेढुङ्गाको बारेमा जानकारी नभए पनि पुरानो पुस्ताले यसलाई बिर्सन सक्दैन । महेन्द्रपुल देखि चिप्लेढुङको सडक छेउमानै रहेको ठूलो ढुङो रहेको छ । यो ढुङ्गा अहिले हेर्ने हो भने यसले सडकलाई बाधा पु¥याएको देखिन्छ भने बाइक पार्किङ गर्नेहरुले समेत यसलाइ ढपक्कै ढाकेका हुन्छन । चिप्लेढुङ्गाको इतिहास राख्नुपर्छ भन्दै  सबैले ढुङ्गालाई यथावत अवस्थामा राख्नुपर्ने आवाज उठाउदै आएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button