पोखराका ८ वटा प्याराग्लाइडिङ कम्पनीलाई कारवाही स्वरूप उडान रद्ध

पोखरा न्यूज – ०४, चैत । पोखराका ८ वटा प्याराग्लाइडिङ कम्पनीको सोमबार उडान रद्ध भएको छ ।

पर्यटक सहित पोखराको सराङकोट क्षेत्रमा प्याराग्लाइडिङ गर्न गएका ८ प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले कारवाही स्वरुप उडान रद्ध गरेको हो ।

महानगरपालिकामा नविकरण नगरेका उक्त कम्पनी उपर कारवाही भएकोे पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माले बताए । पोखराका गोल्डेन हेवन, नमस्ते, एड्भान्स, एरो लाईफ, ड्रागन फ्लाई, फ्लाई टि.भी., हिमालयन स्काइ र अन्नपूर्ण प्याराग्लाइडिङ कम्पनी कारवाहीमा परेको शर्माले बताए ।

महानगरपालिकाले पोखराका दुई ठाँउमा चेक पोष्ट राखेर नविकरण नगरेका कम्पनीलाई उडान प्रतिबन्द गराउन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । महानगरमा हालसम्म ४२ वटा कम्पनीले नविकरण गरेकाछन् ।

११ वटा कम्पनी भने कारवाही स्वरुप ५ हजार जरिवाना सहित नविकरण शुल्क तिरेका छन्। पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेकाछन भने ५० वटा जसो मात्र निरन्तर संचालन हुदै आएका छन् ।महानगरपालिकाले नविकरण नगराएका कम्पनी उपर चैतबाट प्रति महिना ५ हजार जरीवाना लिने भएको छ ।

असार मसान्त भित्र महानगरपालिकामा नविकरण नगर्ने कम्पनीनै खारेजी गर्ने चेतावनी दिएको छ ।विगत ४ बर्ष देखि एकै पटक महानगरमा कम्पनीले ८६ हजार रुपैया कर तिर्नु पर्नेमा जरीवाना ५ हजार सहित गर्दा अब चैत्र मसान्तरसम्म कम्पनीले ९१ हजार रुपैया कर तिर्नुपर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button