पोखराको पचभैयामा आगलागी : मौसमले साथ दिदा ठुलो क्षती हुनबाट बच्यो

पोखरा न्यूज – ४, चैत । सोमबार पोखराको पचभैया सामुदायिक वनमा आगलागी भएको छ । बनमा लागेको आगो मौसमले साथ दिदा केहि घण्टामै नियन्त्रणमा आएपछि  ठुलो क्षती हुनबाट बचेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पर्ने पचभैया सामुदायिक वनमा सोमबार दिउँसो करिब एक बजे लागेको आगोले डरलाग्दो रुप लिइरहेका बेला  पानी परेपछी  करिब २ घण्टा ४५ मिनेटमा आगो नियन्त्रणमा आएको स्थानिय दामोदरभक्त थापाले पोखरा न्यूजलाई बताए । वनको करिब बिच भागबगाट एकाएक लागेको आगो नियन्त्रणको लागि स्थानिय बासि, सामुदायिक वनका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले आगो निभाउदै गर्दा मौसमले साथ दिएको थियो । आगो नियन्त्रणको लागि दमकल समेत पुगेसंगै पानी परेको थियो ।

बेगनासताल नजिक रहेको उक्त वनको बिचभागबाट आगलागी हुदा आगोलाई नियन्त्रणको प्रयासमा सुरक्षाकर्मी र स्थानिय जुटेको करिब  डेढ, दुई घण्टा वितेसंगै पानी परेर आगो नियन्त्रण भएको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वेदनाथ ओझाले पोखरा न्युजलाई  बताए । करिब दुई हेक्टर क्षेत्रको वनमा आगलागीले क्षती पु¥याएको उनले बताए ।

आगलागीपछी  वन्यजन्तुको  अनेत्र भागदौड भएको थियो भने चराचुरुङ्गी आकासमा उडेका थिए । आगलागीबाट चराका गुण नै नष्ट भएको र केही समय अघि बृक्षारोपण गरिएकोले धुपी, वास, तेज पत्ता लगायतका बिरुवाहरु समेत नष्ट भएको समितिका अध्यक्ष ओझाले जनाए ।

समयमै मौसमले साथ नदिएको भए बेगनासताल क्षेत्रको धेरै हरियो जंगल जलेर नष्ट हुने भएको उनले बताए । केही व्यक्तिले चुरोट खाएर वनमै चुरोटको ठुटो फालेकोले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button