होलीमा पोखरा क्षेत्रमा हो हल्ला गर्ने तथा कुटपिटमा संलग्न १ सय १ जना पक्राउ

५० चालक सहित सवारी साधन नियन्त्रणमा

पोखरा न्यूज -६ , चैत । होली पर्वको अवसरमा अनावश्यक हो हल्ला गर्ने तथा कुटपिटमा संलग्न भएका एक सय १ जना पोखरा क्षेत्रबाट पक्राउ परेका छन्।

होली पर्वको अवसरमा बजारमा अनावश्यक हो हल्ला गर्ने तथा कुटपिट घटनामा संलग्न २ महिला सहित १ सय १  जना पक्राउ परेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले  बताए ।

उनका अनुसार बुधबार बेलुका करिब ९ बजेसम्म ४२ जनालाई अनुसन्धान पछि उनीका आफन्तामा जिम्मा लिने गरी छाडिएको छ । बाँकी ५९ जना भने अनुसधानकै क्रममा रहेको डिएसपी गुरुङले पोखरा न्यूजलाई बताए ।

त्यसैगरी होली पर्वको अवसरमा पोखरा क्षेत्रमा ट्राफिक नियम उल्लङघन गरेका करिब ५० जना सवारी धनि सहित सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

होली पर्वको अवसरमा पोखरा क्षेत्रमा कुनै घटना हुनबाट बचाउन कास्की प्रहरीले सिभिल, मोवाईल सहितका ६ सय भन्दा बढी सुरक्षाकर्मी विभिन्न स्थानमा खटाएको थियो । छुटपुट घटना बाहेक कास्कीमा होली पर्व शान्ति पुर्वक रुपमा मनाइएको डिएसपी गुरुङको भनाई छ ।

ट्राफिक प्रहरीले पोखराका विभिन्न ठाउँमा दिउँसैदेखि चेकिङ गरेको थियो भने बेलुका करिब ५ः३० बजे पानी परेसंगै चेकिङ केहि समय प्रभावित भएको थियो ।

पोखराको लेकसाइडमा अत्याधिक युवाहरु पुगेकोले लेकसाइड क्षेत्रमा ट्राफिक व्याबस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे भएको थियो ।

पोखरा नो हर्न जोन घोषणा भए पनि केहि युवाको टोलीले अनावश्यक हर्न बजाउदै बजार परिक्रमा गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button