गण्डकी प्रदेश सांसद गुरुङ सम्मानित

पोखरा न्यूज – ०७, चैत । गण्डकी प्रदेशका सांसद एवं राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका संस्थापक अध्यक्ष मीना गुरुङ सम्मानित भएकी छन्।

व्यूटिसियन महिलाहरुलाई एकिकृत पारी सांगठनिक रुपमा विकास र विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै युनियनले आफ्नो स्थापना दिवसको अवसरमा सांसद गुरुङलाई सम्मान गरेको हो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य चुडामणि जंगली, जिफन्ट महासचिव जनक चौधरी, युनियनका अध्यक्ष सुमन गुरुङ लगायतले सांसद गुरुङलाई सम्मान पत्रको साथमा दोसल्ला ओढाएर, मायाको चिनो सहित फुल माला लगायर सम्मान गरेका हुन्।

उक्त अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जनक चौधरीलाई समेत सम्मान गरिएको थियो । पन्चे बाजा सहित कार्यक्रममा स्वागत गरिएको उक्त कार्यक्रमको बिच बिच भागमा विभिन्न नृत्य समेत प्रस्तुतः गरिएको महासचिव पवि गुरुङले बताईन।

कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष श्रेष्ठले महिलाहरुको हकहितको लागि एक भई अघि बढ्न आग्रह गरे । श्रमिकहरुको सामाजिक सुरक्षा, तलब भत्ता अझै पनि धेरै ठाँउमा श्रमिकहरुले नपाउको गुनासो आएकोले त्यसलाई कान्वयन गर्नु गर्नुपर्ने अर्को चुनौती रहेको उनले जनाए ।

महिलाहरुको व्यवसायीक संगठन यूनियन माथि अन्य संगठनहरुबाट आक्रमण गर्न सुरु हुन लागेकोमा चिन्क्ता व्यक्त गर्दै मजदुर नेताले व्यवसायीक एकतामा कटिवद्ध हुन आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button