साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ३-१ ले पराजित

पोखरा न्यूज – ०८ , चैत । घरेलु टोली नेपाललाई स्तब्ध पार्दै भारतले साफ महिला च्याम्पियनसिपको पाँचौ उपाधि कब्जा गर्न सफल भएको छ ।

विराटनगरको विराट रंगशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्यो । पहिलो हाफ १-१ गोलको बराबरी खेलेपनी दोस्रो हाफमा लगातार दुई गोल खान पुग्दा नेपाल राम्रो प्रदर्शन गर्दा गर्दै पनि हार बेहोर्न पुग्यो ।

खेलमा डालिमा चिब्बरले २६ औं मिनेटमा फ्रीकिकमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाइन् । तर त्यसको १० मिनेट पछि नै सावित्रा भण्डारी गोल गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याइन् । पहिलो हाफको अतिरिक्त समयमा सावित्राले नेपाललाई दोस्रो गोलको अग्रता दिलाउने राम्रो मौका खेर फालिन् ।

दोस्रो हाफमा तुलनात्मक कमजोर प्रदर्शन गरेको नेपालले ६३ र ७८ औं मिनेटमा दुई गोल खान पुग्यो । भारतका लागि ग्रेस डाङ्गमेई र अन्जु तामाङले गोल गरे । खेलमा फर्किन प्रयास गरेपनि नेपालले कुनै गोल फर्काउन सकेन र अनन्त ३-१ को हार बेहोर्यो ।

प्रतियोगितामा भारतकी इन्दुमति र नेपालीकी सावित्रा भण्डारी ४/४ गोल गर्दै हाइ स्कोरर बने । त्यस्तै  मोस्ट भ्यलुएवल खेलाडी भारतकै डालिमा चिब्बर घोषित भइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button