संविधान संसोधन नहुने अवस्था आए सरकार छाड्छौ – मन्त्री यादव

पोखरा न्यूज –  ९, चैत । नेपाल सरकारका उप–प्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधनको लागि आफुहरु सरकारमा गएको प्रष्ट पार्दै संविधान संसोधन नभए सरकार छाड्ने बताएकाछन् । संघीय प्रेस फोरम, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री यादवले संविधान संसोधनको आश्वासन प्रधानमन्त्रीबाटै आएकोले केहि समय धैयता गर्ने तर संविधान संसोधन नहुने ग्यारेन्टी हुनसाथ सरकार छाड्ने बताएका हुन् ।

उनले भने “ प्रधानमन्त्री शेपी शर्मा ओलीले संविधान संसोधनको कुरा गर्दै आएकोले तराई मधेषी दलहरुको माग अनुसार संविधान संसोधन हुनेमा हामी पूर्ण विश्वस्त छौं, अन्यथा हामी सरकारमा बस्दैनौं । ” हतारमा संविधान जारी गर्दा केहि संसोधन गर्नुपर्ने बिषयहरु रहेकोले उक्त बिषयलाई सरकारले गम्भिरता पूर्वक संसोधन गर्नुपर्ने उनको भनाई थियो ।

उनले भने “दुई तिहाइ बहुमतको सरकारले संविधान संसोधन गरी देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानु पर्छ । ” आर्थिक विकासको लागि जुन रुपमा पर्यटन, कृषि र जलबिद्युत जुन गतिमा विकास हुनु पर्ने हो त्यो हुन नसकेको उनको बुझाइ थियो ।

राजपा सरकारमै रहेको बताउदै मन्त्री यादवले भने “राजपा केन्द्रमा सहभागिता नभए पनि स्थानिय र प्रदेश सरकारमा उनीहरुको सहभागिता रहेको छ, त्यसको आधारमा राजपाले सरकार नै छाड्यो भन्न मिल्दैन्। ” राजपासंग पार्टी एकिकरणको समेत कुरा अघि बढेकोले बताउदै फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले पार्टी एकिकरण भए पश्चात सरकारमा रहने वा नरहने बिषयमा पछि थाहा हुने जनाए । पार्टी एकिकरणको लागि ढोका खुल्ला राखेर आफुहरुले मार्ग प्रसस्त गरेको उनले जनाए ।

प्रदेश सरकारमा न्यून श्रोत साधन र कर्मचारी भएकोले गर्दा सोचे अनुरुप काम हुन नसकेको बताउदै मन्त्री यादवले प्रदेशलाई अब अधिकार सम्पन्न बनाउन सरकार लागेको जनाए । विप्लव माओबादी अन्त्यमा शान्ति प्रकृयामा आउने बताउदै मन्त्री यादवले त्यसको विकल्प नभएको जनाए । तराई, मधेषका विखण्डनकारी नेता सिके राउतलाई सरकारले केहि बुद्धामा सहमति गरी मुल धारमा लैजादा उसले पहिलाको सवै मिसर त्याग्ने मन्त्री यादवले बताए ।

देशमा स्वस्थ्यको निकै दैनिय अबस्था रहेको बताउदै मन्त्री यादवले बजेटको कारण स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न चाहेर पनि नसकेको जनाए । उनले भने “ स्वास्थ्य क्षेत्रमा हाल बजेटको ४.४ प्रतिशत मात्र बजेट विनियोजन हुने गरेको छ, जुन बजेटको ४ प्रतिशत प्रशासनिक कर्मचारीमा खर्च हुन्छ, बाँकी ०.४ प्रतिशतको बजेटले करिब ३ करोड जनताको स्वास्थ्य अबस्था कस्तो होला । ” उक्त बजेटको आधारमा नेपाली जनताको स्वास्थ्य क्षेत्रमा पहुच पुराउन नसकिने उनले दाबी गरे ।

आगामी बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गर्न राष्ट्रिय योजना आयोग देखि अन्य मन्त्रालयहरुमा माग गरेको उनले जनाए । देशमा हाल १ हजार ४ सय जना सरकारी चिकित्सकको दरवन्दी रहेको बताउदै मन्त्री यादवले देशमा हाल कबिर २१ हजार चिकित्सकको माग रहेको जनाए । अझै पनि ९० प्रतिशत जनताहरु सरकारी  अस्पतालमै पुग्ने गरेको उनको भनाइ थियो । संघीय प्रेस फोरम गण्डकीका संयोजक हुम तमुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button