किशोरी बलात्कार आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ

एनआइसि एसिया पर्स्याङ शाखा प्रमुख सुवेदी समेत नियन्त्रणमा

पोखरा न्यूज- ९, चैत । पोखरामा एक किशोरीलाई  बलात्कार गरेको आरोपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी सुन्दर कुमार श्रेष्ठ पक्राउ परेका छन् ।

उनै १६ बर्षीया किशोरी माथि यौन दुब्र्यबहार गरेको आरोपमा एनआइसी एशिया बैंकका पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदी समेत  पक्राउ परेका छन्  । उनीहरुलाई  किशोरीले दिएको बयान तथा उजुरीको आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अध्यक्ष श्रेष्ठलाई उनकोे होटल दी कान्तिपुरबाट र सुवेदीलाई  बैंकबाटै प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डि.एस.पी. कोमल शाहले बताए ।  उनीहरुलाई  हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको  छ।

होटल दि कान्तिपुरका संचालक समेत रहेका श्रेष्ठले किशोरीलाई पटक पटक बलत्कार गरेको भनी उनीले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको श्रोतले जनाएको छ । साथै किशोरीका आफन्तले श्रेष्ठलाई किशोरी माथि बलात्कार गरेको र सुवेदीलाई दुब्यवहार गरेको आरोपमा उजुरी दिएका हुन् ।

पढ्नको लागि एक घरमा करिब ७ बर्ष देखि काम गर्दैै आएकी किशोरी कक्षा ८ मा अध्ययरत छात्रा हुन्। बिहिबार देखि सम्पर्क विहिन भएकी किशोरीको खोजी कार्यमा प्रहरी र स्थानिय लागेका थिए यद्यपी भोलि पल्ट शुक्रबार बिहान उनी सम्पर्कमा आएकी थिइन्।

पटक पटक बलत्कार र यौन दुब्यवहार पछि उनी पिडाले मर्ने मनसाय वोकेर घर छाडि हिड्न बाध्य भएको आफ्ना साथीलाई बताएकी थिइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button