पोखराको लेकसाइड स्थित अफिस बारबाट एकैपटक ५८ जना नियन्त्रणमा

६ बिदेशी सहित ९ जना माथि थप अनुसन्धान हुँदै

पोखरा न्यूज – ११ चैत । पोखराको लेकसाइड स्थित दी अफिस बारबाट प्रहरीले एकैपटक ५८ जना जनालाई नियन्त्रमा लिएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाह कमाण्डको टोलीले आइतबार राती छापा मार्ने क्रममा ४२ विदेशी र १६ जना नेपाली गरि ५८ जनालाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

बारमा बिभिन्न इभेन्ट अर्गनाइजको नाममा लागूऔषधको सेवन हुने गरेको गोप्य सुचनाको आधारमा छापा मार्दा केहि मात्रामा लागूऔषध सहित सेवनकर्ता भेटिएकाले बारमा रहेका व्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बैदामका प्रहरी इन्स्पेक्टर बिजय भण्डारीले बताए ।

शाह कमाण्डको टोलीले राति ९ बजे देखी १०:३० बजे सम्म डेढ घण्टाको समयमा उनीहरुलाई नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय बैदाममा राखी अनुसन्धान गरेको इन्स्पेक्टर भण्डारीले जनाए ।

६ बिदेशी सहित ९ जना माथि थप अनुसन्धान हुँदै

लागूऔषध सेवन नगरेकाहरुलाई फिल्टर गर्दै जाने क्रममा ४९ जनालाई आफन्त तथा नजिकको व्यक्तिको जिम्मा लगाएर छाडिएको र बाकीं ९ जनालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कास्की पठाउने तयारी भएको उनले जनाए ।

गाजा लगायतका लागूऔषध सेवनमा संलग्न १ जना जर्मनी डिजे सहित ६ जना बिदेशी नागरिक २ जना संचालक र १ जना खान जाने नेपाली सहित ९ जनालाई केहिबेरमै थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने इन्स्पेक्टर भण्डारीले पोखरा न्यूजलाई बताए ।

२ सय ६० ग्राम लागूऔषध बरामद

इन्स्पेक्टर भण्डारीका अनुसार प्रहरीले उनीहरुको साथबाट २ सय ६० ग्राम लागूऔषध समेत बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट २ सय ग्राम चरेस जस्तो कालो पदार्थ र ६० ग्राम एम्फेटामाइन जस्तो सेतो पदार्थ बरामद गरेको हो । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरि अनसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button