पोखरामा रगतको अभाव

पोखरा न्यूज – १२, चैत । पोखरामा हाल रगतको अभाव भएको छ । रगतको माग बढे पनि सोही अनुसार रक्तदान कार्यक्रम नहुँदा हाल पोखरामा रगतको अभाव भएको क्षेत्रिय रक्त संचार कार्यालय पोखराका प्रमुख ध्रुवमणि लामिछानेले बताए ।

पोखरामा विगत केही दिन देखि ए र ओ पोजिटिभ रगतको अभाव भएको उनले बताए । ए.बी. र बी पोजिटिभ रगत भने केही मात्रमा रहेको प्रमुख लामिछानेले बताए । उनका अनुसार पोखरामा हाल दैनिक जसो ६० देखि ७० यूनिट रगतको माग रहेको छ । पोखरामा हिजोआज दैनिक जसो ३५ देखि ४० युनिट रगत संकलन हुने गरेको प्रमुख लामिछानेले जनाए ।

सोमबार पोखरामा भएको रक्तदान कार्यक्रमबाट ७४ यूनिट, मंगलबार भएको रक्तदान कार्यक्रमबाट ४२ यूनिट रगत संकलन भएको उनले बताए । पोखरा क्षेत्रका करिब २२ वटा हस्पिटलहरुमा केन्द्रबाट रगत खपत हुने गरेको प्रमुख लामिछानेले बताए । पोखरामा बढी रगत संकलन हुदा चितवन पठाउने गरेकोमा यति वेला पोखरामै रगतको अभाव भएको उनले बताए ।

यसैबीच, “स्वास्थ्यका लागि रक्तदान” मूल नारासहित रेडियो अन्नपूर्णले विगतका वर्ष झैं यस पटक यहि चैत्र १६ गते शनिबार रेडियाकोे प्राङ्गणमा १८ औं संस्करणको बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी तीव्र पारिएको कार्यक्रम संयोजक सन्तोष बस्यालले बताए । कार्यक्रममा रेडियोका शुभेच्छुक तथा केही संस्थागत सहभागिता हुने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button