पोखरामा विप्लव समुहका गण्डकी प्रदेश इन्चार्ज गुरुङ पक्राउ

पोखरा न्यूज – १२, चैत । नेत्र विक्रम चन्द विप्लव माओबादीका तमुवान जनपरिषद गण्डकी प्रदेशका इन्चार्ज किसानसिंह गुरुङ पक्राउ परेका छन्।  गुरुङ पोखराको रिठ्ठेपानीबाट आज पक्राउ परेको स्रोतले जनाएको छ । गोप्य सुचनाको आधारमा कास्की प्रहरीले  उनलाई पक्राउ गरेको बताईन्छ ।

कास्की प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओबादीका नेता तथा कार्यकर्ताको खोजी कार्य गरिरहेको  छ । नेपाल सरकारले नेत्र विक्रम चन्द विप्लव माओबादीलाई पार्टी प्रतिवन्ध लगाएसंगै प्रहरीले विप्लव पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।

देश भरी विभिन्न ठाँउबाट  विप्लव समुहका माओबादीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिने क्रम जारी राखेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button