पोखरा लगायत कास्कीमा असिना पानी, लाखौको क्षती

पोखरा न्यूज – १२, चैत । हावा हुरीसंगै आज परेको असिना पानिले कास्की जिल्लाका कास्कीको सराङकोट, कास्कीकोट लगाएतका  क्षेत्रमा क्षती भएको छ ।

आज दिउँसो करिब २ बजे तिर परेको असिनाले पोखरा महानगरपालिका १८ (सराङकोट), र २४ (कास्कीकोट) मा असिना पर्दा लाखौंको क्षती भएको स्थानिय किसानले गुनासो गरेका छन् ।

सराङकोट क्षेत्रमा आज परेको असिनाले हिउँदे वाली (तोरी, गहुँ) देखि बेमौसमी फलफुल तरकारी ( साग, बन्दा, काउली, फर्सि, काक्रो, लौका, घिरौला, सुन्तला) मा ठुलो क्षती पुगेको पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।

त्यसै गरी कास्कीकोट क्षेत्रमा आज परेको असिनाले केहि ठाँउमा क्षती पुगेको पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष ओम सुवेदीले बताए । उनका अनुसार कास्कीकोटको पूर्विभाग काउले, ढावा, पामे, लौरुक लगायतको क्षेत्रमा हावा हुरीसंगै परेको असिनले हिउँदे वाली, वेमौसमी फलफुल तरकारीमा क्षती पुगेको छ । यसपाली भने साना असिनाका गेडा तर वाक्लो रुपमा परेको अध्यक्ष सुवेदीले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा क्षेत्रमा मसिनो असिना परेकोले उक्त असिनाका कारण अन्न वालीमा खासै असर नपरेको वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button