तनहुँबाट गोरखा जाँदै गरेको बस र ट्रक एकापसमा ठक्कर खाँदा १५ जना घाइते

पोखरा न्यूज – १२, चैत । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस र ट्रक एकापसमा ठक्कर १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी दिए ।

तनहुँको आँबुखैरेनीबाट गोरखाको अबुवातर्फ जाँदै  गरेको ना ७ ख २०७० नं को बस र विपरित दिशाबाट आइरहेको ना५ख ५८११ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेको आँबुखैरनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते सुमित्रा नगरकोटी र भोजराज नराललाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button