पोखरामा कुटी रिसोर्टले चर्चा पाएसँगै केसीको होटल कुटी पनि संचालनमा

होटलको पाहुनालाई रिसोर्टको सुविधा

पोखरा न्यूज – १४, चैत । साढे दुई बर्षको अन्तरालमै चर्चा पाएको पोखराको कुटी रिसोर्टले आफ्नो सेवा विस्तार गर्ने क्रममा होटल कुटिको समेत संचालनको तयारी गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित हुने गरी ४० रुमसहितको होटल कुटी संचालन गर्न लागिएको रिसोर्ट संचालक युवा पर्यटन व्यवसायी देवेन्द्र केसीले बताए ।

पर्यटकको माग अनुसार आफुहरुले लेकसाइडको कुटी रिसोर्ट भन्दा उत्तरतर्फ करिब एक मिनेटको पैदल दुरीमा पुगिने उक्त होटल आगामी वैशाख देखि संचालन गर्न लागेको केसीले बताए । उक्त होटलमा ४ हजार ५ सय देखि १५ हजार रुपैयासम्मको रुमहरु उपलब्ध भएको उनले जनाए । होटलमा करिब ४ करोड लगानी भएको उनले जनाए ।

कुटी रिसोर्ट संचालनमा आएको साढे दुई बर्षमै होटल कुटी संचालन

थ्री स्टार स्तरको कुटी रिसोर्ट संचालनमा आएको साढे दुई बर्षमा होटल कुटी संचालन भएसँगै आगन्तुक पाहुनाले दोहोरो सेवा सुविधा लिन पाउने भएका छन्। होटल कुटीमा बसेको पाहुनाले कुटि रिसोर्टमा भएको सेवा सुविधा उक्त रुमकै आधारमा लिन पाउने प्रबन्ध मिलाएको संचालक केसीले जनाए । उनले भने “ ऋषिमुनिहरु जस्तै पर्यटकहरु पनि घुमफिर गर्ने भएकोले हामीले रिसोर्ट र होटलको नाम  कुटी नाम राखेका हौं, हाम्रो होटल र  रिसोर्टमा ढुंगा र  काठ लगायत यही प्राप्त प्राकृतिक श्रोतसाधनलाई अधिक मात्रमा प्रयोग  गरेका छौ । ”

रिसोर्टमा २ वटा हल,  हरेक साँझ सांस्कृतिक कार्यक्रम

करीब ३ रोपनी क्षेत्रफलमा कुटी रिसोर्ट फैलिएकोे उनले बताए । उक्त रिसोर्टमा हाल ५१ रुम रहेकाछन्। रिसोर्टमा ७० देखि एक सय सिट क्षमताको सानो सभाहल र २ सय ५० देखि ३ सय सिट क्षमताको ठुलो सभाहल समेत रहेकाले सेमिनार, विवाह तथा पार्टीको लागि समेत आफुहरुले सेवा दिन सक्ने उनले जनाए । रिसोर्टको रुफ टप बियर गार्डेन रेष्टुरेण्टमा हरेक साँझमा सांस्कृतिक कार्यक्रम, , इण्डोर हिटर सहितको स्वीमिङ पुल, होम मेक वेकरी, अर्गानीक कफि हिमालयन, नेपाली र कन्टीनेन्टल खाना लगायतका सेवा उपलब्ध भएको संचालक केसीले जनाए ।

उक्त रिसोर्टमा ७५ जना र होटलमा २५ गरी एक सय जना कर्मचारी रहेको केसीले जनाए । शारीरिक व्यायाम गर्न आवश्यक सामाग्री सहित मसाजको लागि स्पाः,स्टीम, साउना लगायतको सेवा  आफ्नोमा उपलब्ध रहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button