बाग्लुङमा सडक खुलाउने क्रममा तीन सैनिक घाइते

पोखरा न्यूज – १५, चैत । बाग्लुङ काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने अवरुद्ध सडक खुलाउने क्रममा तीन सैनिक जवान घाइते भएका छन् ।

तीन दिनदेखि अवरुद्ध रहेको सडक स्थानीय वडाध्यक्षहरुको आग्रहमा सेनाको अर्जुनबाँण गणका जवान सडक खुलाउन गएकोमा आज थप पहिरो खसेर घाइते भएको गणपति भुवनराज देवकोटाले बताए ।

गणपति देवकोटाका अनुसार घाइते पहलमान श्रेष्ठ र सन्तोष कार्कीको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट छाउनीस्थित सैनिक अस्पताल पठाइएको छ । घाइते एक जनाको नाम खुलेको छैन ।

देवकोटाका अनुसार एक जवानको टाउकोमा र दुईजनाको हात तथा छातीमा चोट लागेको छ । उनीहरुको प्राथमिक उपचार गणमै भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button