पोखरामा रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रमबाट १ सय ६२ यूनिट रक्त संकलन

पोखरा न्यूज – १६, चैत । रेडियो अन्नपूर्ण ९३.४ ले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ६२ यूनिट रक्त संकलन भएको छ । रेडियो प्राङगणमा आयोजना गरिएको १८ औं संस्करणको रक्तदान बिहान ७ बजेदेखि दिउँसो १.०० वजेसम्म संचालन भएको थियो ।

बिहानको पहिलो प्रहर प्रतिकुल मौसमको कारण कार्यक्रम प्रभावित  भए पनि पछि मौसममा केहि सुधार आएपछि रक्तदाताहरु व्यक्तिगत तथा संस्थागत रुपमा सहभागि भएका थिए ।

पोखरामा रगतको अभाव भईरहेको बेला रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रमले जोखिममा परेको कसैको जीवन जोगाउन महत्वपूर्ण सहयोग हुने क्षेत्रीय रक्तसंचार सेवा पोखराका प्रमुख ध्रुर्व लामिछानेले बताए ।

क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पहिलो पटक ३७ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ५४ महिला तथा १०८ पुरुष सहभागि भएका कार्यक्रम संयोजक सन्तोष बस्यालले बताए ।

यसअघि, रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो रक्तदाता चीतवनबाट रगत दिन आएका हरि अधिकारीलाई रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले व्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । अधिकारीको रेडियो अन्नपूर्णमा चौंधौ रक्तदान हो ।

रक्तदानका लागि संस्थागत रुपमा पोखरा क्रिकेट क्लबका निकेश श्रेष्ठको नेतृत्वमा आएका १२ जना सदस्यले रक्तदान गरेका क्लबका सदस्य सन्तोष बानियाले बताए । पोखरामा रगतको अभाव भईरहेको बेलामा रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रममा सहभागि भएर रक्तदान गर्न पाउँदा खुसि लागेको बताए । रेडियोको बार्षिकोत्सवको अवसरमा हरेक बर्षको चैत महिनामा रगतको अभाव हुने गरेकोले आफुहरुले हरेक बर्षको तेश्रो शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दै आएको रेडियाका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए ।

आजै साईकल सिटि पोखराका जितेन्द्रमान शाक्यले ६५ औं पटक रक्तदान गरे । उनले हरेक पटक रक्तदान गरे लगत्तै १०० किलोमिटर साईकल यात्रा गर्ने परम्परालाई यो पटक पनि जारि राखे । रक्तदान गरेर उहाँले पोखरा गैह्रापाटनस्थित रेडियो अन्नपूर्णको परिसरबाट दमौली तिर लागे ।

कार्यक्रममा सहकार्य लायन्स क्लब अफ पोखरा सेती गण्डकीले गरेको थियो । सपना आयुर्वेद भवन प्राली बास्थोलाथर पोखरा, चेरिष्मा इम्पोरियमा न्युरोड, युनि क्याम्पस ग्लोबल महेन्द्रपुल पोखरा, तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङ, लायन्स कल्ब अफ पोखरा स्टक, गोविन्द राज पहारी पर्यटन उद्यमी, पेनगुईन मिनिरल वाटर ,तालबाराही फामेर्सी गैह्रापाटन र फिष्टेल हस्पिटल नर्सिङ क्याम्पसको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button