पर्वतमा भिरबाट लडेर एक युवाको मृत्यु

पोखरा न्यूज – १८, चैत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।

विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजीकैको भिरबाट लडेर शनिबार मृत्यु भएको हो । घरबाट बिहान बजार जान्छु भनेर शनिबार दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ ।

दर्जीले साथीहरुसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button