पोखरामा मनाइयो भब्यताका साथ सहकारी दिवस (फोटो फिचर सहित)

पोखरा न्यूज – २०, चैत । पोखरामा ६२ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाइएको  छ । सहकारी दिवसको अवसरमा पोखरा महानगरपालिका कार्यालय अगाडीबाट सुरु भएको प्रभात फेरी, न्यूरोड, सभागृहचोक, पृथ्बीचोक हुदै पोखरा प्रर्दशनी केन्द्रमा पुगेर टुंगिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेख बहादुर थापाले सहकारीको पूंजि अब उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए  ।  मन्त्री थापाले सहकारीमा रहेको पूंजीलाई दिगो रुपमा संचालन गरी देशमा व्यपार घाटा न्यूनिकरण गर्न पनि सहकारीको पूंजि उत्पादनशिल क्षेत्रमा लगानी गनुपर्ने बताएका हुन् ।

मन्त्री थापाले सहकारीलाई सहकार्य गरी न्यून बर्गका व्यक्तिहरुलाई समेत समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले अबको तीन वर्षभित्र गण्डकी प्रदेशमा सञ्चालन भएका सहकारीले २० अर्ब बराबरको पूँजी उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे । देशको विकास र समृद्धि सहकारीबाटै हुने दावी गर्दै मन्त्री थापाले सहकार्य र एकताको माध्यमबाट छरिएर रहेको पूँजीलाई एकिकृत गरी समाजको रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारीहरुले सहकार्यताको मर्म र भावना अनुसार सहकारी सञ्चालन गर्न सके समाजमा आर्थिक विकास र समृद्धि हासिल हुने बताइन् । सहकारीको मर्म र भावना अनुसार लक्षित वर्ग सम्म पुगेर काम गर्नु पर्ने अन्यथा समाज आर्थिक रूपमा समृद्ध हुन नसक्ने उनको दाबी छ ।

सहकारीकर्मीहरुले उत्पादनसंग जोडिएका बिषय बस्तु भन्दा नाच गाँनमा बढी व्यस्त देखिन्थे । विभिन्न सहकारीले आफ्नो संस्थाको लोगो अंकिल टोपी, टिसर्ट, ज्याकेट, छाता सहित प्रभात फेरीमा सहभागि भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button