पोखरामा चैत्र २३ गते क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन

पोखरा न्यूज – २० , चैत । क्षत्री समाज नेपालको तेस्रो महाधिवेशन यही चैत्र २३ र २४ गते पोखरामा हुने भएको छ । राष्ट्रिय अखण्डता र जातिय सद्भावको नारालाईं आत्मसाथ गर्दै उक्त तेस्रो महाधिवेशनको अन्तिम तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

दुई दिनसम्म चल्ने उक्त महाधिवेशनमा सहभागि हुन करिब ६० जिल्लाबाट ५ सय जना सहभागि हुने भएको क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले बताए । जनसंख्याका हिसाबले ठुलो रहेको क्षेत्री समुदायलाई हक अधिकारबाट बन्चित गराएकोमा गुनासो गर्दै आफ्नो अधिकार प्राप्तीको लागि राज्यसंग जस्तो सुकै आन्दोलन गर्न आफुहरु पछि नपर्ने उनले बताए । अध्यक्ष प्रा.डा. थापाले राज्यले चाहे जस्तै आन्दोलन गर्न आफुहरु तयार रहेको चेतावनी दिए । राज्यबाट प्रत्येक जाती सम्प्रदायलाई समान हक अधिकार, सुविधा एवं व्यवहार गरिनुपर्ने उनको माग छ ।

समाजका संरक्षक प्रा.डा. दिलबहादुर क्षत्रीले राज्य कुनै जाति बिशेषको नभएको दाबी गर्दै देशमा सबै जाति समुदायको अस्तित्व र उनको संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताए । धार्मिक स्वतन्त्रता  सहितको हिन्दु राष्ट्र नेपाल कायम गर्नुपर्ने माग सहित देशव्यापी कार्यक्रम गरिने उनले बताए ।

क्षत्री समाज नेपालको तेश्रो महाधिवेशनका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा एवं बिशिष्ट आमन्त्रित ब्यक्तित्वहरुमा पूर्व उपप्रधानमन्त्री भिम रावल, पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व उपप्रधान मन्त्री चित्र बहादुर के.सी र पूर्व प्रधान सेनापती रुक्माङ्गत कटवाल समेत आउने भएको सचिव कृष्ण थापाले बताए ।

महाधिवेशन सफल पार्नका लागि केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न समिति एवं उपसमिति गठन गरिएको क्षत्री महिला समाज नेपालका केन्द्रिय महासचिव बिमला भण्डारीले बताइन् । पोखराको मानबअधिकार चोकबाट शुरु भई प्रर्दशनी केन्द्र नयाँबजारमा गएर सभा परिणत हुने भएको छ । महाधिवेशनमा क्षत्री जातीको भेषभुषा, सारुन नृत्य र अन्य झाँकीहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button