तनहुँमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १३ घाइते

पोखरा न्यूज – २३, चैत । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा १३ जना घाइते जना घाइते भएका छन् ।

आज आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ५ ख ८१७६ नं.को यात्रुवाहक बस र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६१६२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि  १३ जना घाइते भएको  ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिएका छन् ।  १२  जना घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज,भरतपुर र १ जनालाई पोखरा पठाइको उनले जनाए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button