दक्षिण एशियामै नेपालमा पहिलो पटक जर्मनी प्रविधिद्वारा कम्पोजिट मेनहोल कभर उत्पादन

उद्योगमा १७ करोड लगानी, ५० करोड पुर्याउने लक्ष्य

पोखरा न्यूज – २३, चैत । दक्षिण एसियामै पहिलो पटक नेपालको भरतपुरमा जर्मनी प्रविधिद्वारा एस.एम.सी.कम्पोजिट मेनहोल कभर उत्पादन भएको छ । भरतपुर – ८, गौरीगञ्ज स्थित सूर्यकिरण फाइबर उद्योगले विगत डेढ बर्ष देखि एस.एम.सी.कम्पोजिट मेनहोल कभर उत्पादन गर्दै आएको हो ।

दक्षिण एसियामै पहिलो पटक प्रदेश नम्बर ३ को भरतपुरबाट उद्योगले उत्पादन कार्यलाई तीव्रता दिइरहेको उद्योगका प्रवन्ध निर्देशक सूर्य प्रसाद न्यौपाने बताउछन्। नेपालमा नयाँ प्रविधि युक्त उक्त बस्तुको प्रयोगको प्रचुर सम्भावना देखेर आफुहरुले उत्पादन सुरु गरेको उनले जनाए ।

ठूला आयोजना, राजमार्गका तथा भित्री सडक, उद्योग कलकारखाना एवम् घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै भारवहन क्षमता र मूल्यका मेनहोलहरू उद्योगले उत्पादन गरिरहेको छ ।

बिदेशमा सिकेको सिप नेपालमा

प्रवन्ध निर्देशक : सूर्य प्रसाद न्यौपाने, सूर्य किरण फाइबर उद्योग

न्यौपानेले आफुले बैदेशिक रोजगारको क्रममा खाडी मुलुक (साउदी अरव) मा ६ बर्ष विताएको अनुभवनको आधारमा उक्त उच्च स्तरको प्रविधि नेपाल भित्राएको बताउछन्। कम्पनीमा काम गरेको अनुभवकै आधारमा कतिपय कामदार विदेश गएको र ति कामदार थप क्षमता र अनुभवका साथ् वैदेशिक रोजगारीबाट उद्योगमा फर्किएको निर्देशक न्यौपाने बताउछन्।

४० प्रतिशत स्थानीय कच्चापदार्थको प्रयोग, माग अनुसारको उत्पादन

उद्योगले हाल ६० प्रतिशत ग्लास फाइबर कोरीया, जर्मन लगायतका देशबाट आयात गरी ४० प्रतिशत नेपालकै कच्चापदार्थ (क्याल्सियम कार्बोनेट) को प्रयोगदद्वारा बस्तु उत्पादन हुने निर्देशक न्यौपानेले जानकारी दिए । विभिन्न आकार र कलरमा आवश्यकता अनुसार कम्पनीको लोगो समेत राख्न मिल्ने गरी उक्त बस्तु उत्पादनमा कम्पनी लागेको प्रबन्ध निर्देशक न्यौपानेले बताए । एक बर्षमा कम्तिममा १० लाख वटा उक्त बस्तु उत्पादन गर्ने लक्ष्यका साथ आफुहरु अघि बढेको उनले जनाए ।

वातावरण मैत्रि, टिकाउ र आकर्षक उत्पादन

६० प्रतिशत फाइबर ग्लास र ४० प्रतिशत क्याल्सियम कार्बोनेट प्रयोग हुने हुदा कम्तीमा ५० बर्ष दिगो हुने, खिया नलाग्ने, चोरी हुने सम्भावना न्यून भएकोले यसको बढी उपयोग हुने भएको न्यौपानेले दाबी गरे । उक्त प्रबिधिको प्रयोगले शहरको सौन्दर्यता दिनेजसले गर्दा वातावरण मैत्रि हुने र भारवान क्षमता पनि बढी रहेको उनले जनाए । उक्त ढक्कनको ६० टनसम्मको भारवान क्षमता हुने गरेको न्यौपानेले दाबी गरे । सिमेन्टी र फलामको होल कभर भन्दा बढी एस.एम.सी.मेन होल कभर नै उपयोग हुने भएको उनले दाबी गरे । हाल देशमा प्रयोगमा भएका विभिन्न प्रकारका ढक्कनहरु फलामबाट बनाएकोले चोरी हुने हुदा फाईबर ग्लासबाट निमार्ण भएको एस.एम.सी.मेन होल कभर चोरी हुने समस्या समेत खासै नहुने उनको भनाइ छ ।

भारत सहित दक्षिण एशियामा निर्यात गर्ने सकिने

अहिले उद्योगबाट उत्पादित मेनहोल देशका बिभिन्न भू-भागमा खानेपानी, बिद्युत, नेपाल टेलिकम, सेफ्टी ट्याङकी, ढल, घरयासी काम लगायतको क्षेत्रमा प्रयोग भइरहेको निर्देशक न्यौपाने बताउछन्। सडक बाटो, ढल निकास आदिमा ढक्कनको रुपमा प्रयोग हुने नयाँ प्राविधिको कम्पोजिट एस.एम.सी.मेन होल कभर छिमेकी मुलुक भारत सहित दक्षिण एशियामा निर्यात गर्ने सकिने निर्देशक न्यौपानेको दावी छ । विश्वकै स्ट्याण्डरमा एकै डाइमा उक्त बस्तु उत्पादन हुने भएको र उक्त प्रविधि भारत, बंगलादेश, भूटान लगायतका देशमा माग भएकोले हाल परिक्षणको रुपमा केही पिस पठाएको उनले जनाए ।

११ बर्षदेखी निरन्तर उत्पादनमा उद्योग

विगत ११ बर्ष देखि उद्योगले फाइबर ग्लासको झ्याल, ढोका, अर्ध पारदर्शी फाइवर जस्तापाता, बाथ टब, फाइबरका टि टेवल, पार्क तथा स्कुल एवं मल्टेश्वरीमा राखिने चिप्लेटि लगायतका बस्तु समेत उत्पादन र बिक्रि तिवरण गर्दै आएको छ । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीले हाल एक सय जनालाई प्रत्यक्ष रोजगार दिएको कम्पनीको दाबी छ ।

दक्षजनशक्ति अभाव हुनु र बैंकहरुले उद्योग धन्दा माथि ख्याल नै नगरी व्याजदर बढाउदै जानुले आफुहरुलाई काम गर्न केहि कठिन भएको न्यौपानेको गुनासो समेत रहेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा लगाएत तलव भत्ताको कुरा गरेसंगै केहि महिना देखि कामदारमा पनि बढी ओहोर दोहोर गर्ने परम्परामा कमी आएको उनीले बताए ।

उद्योगमा १७ करोड लगानी, ५० करोड पुर्याउने लक्ष्य

सुरुवाती क्रममा ६० लाख लगानीबाट संचालनमा आएको उक्त उद्योगमा हाल करिब १७ करोड लगानी पुगेको छ । आगामी ४ बर्षमा ५० करोड लगानी पुराउदै उक्त बस्तु सहज ढंगले देशका हरेक जिल्लामा पुराउदै विदेश समेत निर्यात गर्ने निर्देशक न्यौपानेले योजना बनाएका छन्।

बजारीकरणको जिम्मा डालीमा इन्टरनेसनललाई

प्रवन्ध निर्देशक: सुबास कुमार तिवारी, डालीमा इन्टरनेसनल प्रा.लि.

डालीमा इन्टरनेसनल प्रा.लि.ले उक्त बस्तुको बजार व्याबस्थापन तथा प्रवर्धनको आधिकारीक रुपमा जिम्मा लिएको छ । उक्त बस्तुको हाल देशका मुख्य बजार क्षेत्रमा पुराउने काम समेत सुरु भएको डालीमा इन्टरनेसनल प्रा.लि.का प्रवन्ध निर्देशक सुबास कुमार तिवारीले बताउछन् ।

चितवन हुदै, पोखरा, काठमाण्डौं, झापा, दमक विर्तामोड, दमौली, कैलाली, दाङ, कावासोती, वुटवल, गोर्खा लमजुङ लगायतका क्षेत्रमा उक्त बस्तुको बिक्रि कक्षहरु रहेको उनले जनाए । शुरुवातमा प्रचार प्रसारको कमीले गर्दा र यसको महत्व नबुझेका कारण बजारमा यसको माग कम भएपनि अहिले बढ्दै गएको तिवारीले जनाए ।

विभिन्न आकार र भारवान क्षमताको आधारमा २ हजार ५ सय देखि २५ हजार ६ सय रुपैयासम्मका मेनहोल कभरको बिक्रि वितरण हुदै आएको तिवारीको भनाई छ । कम्पनीले बनाएको बस्तुमा कुनै समस्या आएमा पुनः रिप्लेस समेत गरिने उनले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button