सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा- वालिङ सडकखण्ड चौडा पारिदै

पोखरा न्यूज – २४, चैत । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा, वालिङ नगरपालिकाले  आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ ।

जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।

स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियानमा लागेको छ । करीब १२ किलो मिटरभित्र पर्ने ३१ वटा घुम्तीलाई चौडा गर्ने योजनाका साथै काम भइरहेको नगरपालिकाका प्रमुख दिलीप्रताप खाँणले जानकारी दिए ।

सडक साँघुरो हुँदा दुर्घटनाको सम्भावना उच्च रहेकाले ‘स्मार्ट सिटी’ अवधारणाका साथ अगाडि बढेको बताउँदै सडक विस्तारको काम तिव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।

अहिले दैनिक १२ घण्टा सडक विस्तारको काम भइरहेको छ भने पक्की संरचना निर्माण भएको ठाउँमा १६ मिटर र अन्य ठाउँमा २५ मिटर सडक चौडा गरिने नगरपालिकाले जनाएको छ । सडक चौडा गरिएसँगै बजार क्षेत्रमा पैदल यात्रीका लागि फुटपाथ समेतको निर्माण गर्ने योजनामा नगरपालिका रहेको छ ।

वालिङ नगरपालिकालाई स्मार्ट नगरका रुपमा स्थापित गर्नका लागि समग्र पक्षको विकास आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले यो सडक विस्तार कार्य पनि त्यसैको एउटा अभियान भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button