म्याग्दीका अग्निपीडित शेरचनलाई २५ लाख आर्थिक सहयोग

पोखरा न्यूज – २६, चैत । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचनलाई प्रवासी म्याग्देलीले रु २५ लाख आर्थिक सहयोग गरेका छन् ।

बेलायतमा कार्यरत रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अस्ट्रेलियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको रु २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उहाँका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

रु २५ लाखमध्ये ६ लाख ५० हजारमा घर खरीद गरिएको छ भने चर्पीलगायत अन्य व्यवस्थापनमा पाँच लाख ५० हजार खर्च भएको आर्थिक सहयोग सङ्कलनका संयोजक शेरचनले जाकारी दिए । बाँकी रु १३ लाख रुपैयाँ पीडितका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षयकोष समिति गठन गरी गरिमा विकास बैंकमा चेतनारायण भरण पोषण कोष स्थापना गरी जम्मा गरिदिएको शेरचनले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगरले आगलागीबाट बिचल्लीमा पर्नुभएका शेरचन दम्पतीलाई प्रवासीले आर्थिक सहयोग गरी पीडितको घाउमा मलम लगाउने काम गरेको बताए  । गत मङ्सिर ६ गते घरमा अचानक आगलागी हुँदा पीडित शेरचनको घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button