कास्कीमा चट्याङ पर्दा ३ जना घाइते

पोखरा न्यूज – २६, चैत । कास्कीमा  मंगलबार   चट्याङ पर्दा ३ जना घाइते भएका छन् ।

कास्कीको रुपा गाउँपालिका- ५ काफ्ले डाडा स्थित पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ पर्दा घरमा बसी रहेका  ३ जना व्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट घाइते भएकाहरुलाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल तथा गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

चट्याङ परेपछि कुमालको  घरको मिटर बक्स पड्किदा  घरमा बसी रहेका व्यक्तिहरु घाइते भएका हुन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button