पोखरा – ३१ मा टिपर दुर्घटना हुँदा १ घाइते

पोखरा न्यूज – २६, चैत । पोखरा महानगरपालिका – ३१ पौरखी डाँडामा मंगलबार टिपर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

कोत्रेबाट बालुवा बोकेर आएको बा ४ ख ७३२१ नं को टिप्पर दुर्घटना हुँदा टिपर चालक भिमाद बस्ने  ३० बर्षीय तक बहादुर राना घाइते भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

घाइते रानाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ  । टिप्पर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button