लुक्लामा हवाइजहाज र हेलिकोप्टर ठोक्किदा दुर्घटना, ३ को मृत्यु

पोखरा न्यूज – ०१ , बैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको हवाइजहाज र हेलिकोप्टर ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विमानका सहचालक सुदीप ढुङ्गाना, सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ रहेका छन् । रुद्रबहादुर श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विमान र हेलिकोप्टर दुवैका क्याप्टेन घाइते भएका छन् भने विमानका अन्य चार यात्रु र विमान परिचारिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button