पोखरा–३१ मा वडास्तरीय भलिबल प्रतियोगिता हुने

पोखरा न्यूज – ०२, बैशाख । पर्यटकिय पोखराको एक प्रमुख गन्तव्यका रुपमा रहेको यस पोखरा–३१, पचभैयामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

पचभैया प्रगतीशील युवा मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नंम्बर ३१ कोे संयोजनमा आगामी बिहीबारदेखि प्रतियोगिता हुने भएको हो । नक आउट आधारमा खेलाईने प्रतियोगिता तीन दिनसम्म चल्ने सोमबार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष सुनिल थापाले पर्यटकिय क्षेत्रमा हुने प्रतियोगिताले खेलकुदको मात्रै नभई पचभैया क्षेत्रको पर्यटन प्रवर्द्धन र बिकासमा टेवा पुर्याउने दावी गरे । पोखरा महानगरका ३३ वडा र अन्य गाउँपालिकाका गरी करीब ४० टीमको सहभागिता रहने प्रतियोगिता अमरसिद्ध नमुना उच्च मावि पचभैयाको खेलमैदानमा हुनेछ ।

मञ्चको पहलमा आफ्नै खेलमैदान निर्माणको क्रम चलिरहेकाले त्यसको बिकासका लागि पनि प्रतियोगिताले टूलो टेवा पुग्ने प्रतियोगिताका खेल संयोजक पुरुसोत्तम अधिकारीले सोही अबसरमा बताए । निर्माणकै क्रममा रहेको करीब १० रोपनी क्षेत्रफलमा अवस्थित उक्त मैदानमा भलिबल, बास्केटबल लगायतका अन्य खेलको कोर्ट तथा मैदानका लागि वडा कार्यालय र जिल्ला खेलकुद बिकास समितिले समेत रकम बिनियोजन गरेको पनि अधिकारीले जानकारी दिए ।
पहिलो संस्करण र मैदान निर्माण सम्पन्न नभईसकेका कारण यसपटक बिद्यालयको मैदानमा प्रतियोगिता सञ्चालन हुने भएपनि आगामी संस्करणहरु आफ्नै खेलमैदानमा खेलाईने प्रतियोगिताका प्रचार संयोजक ऋषिकान्त पौडेलले विश्वास ब्यक्त गरे ।

प्रतियोगिताको उपाधी बिजेता टोलीले नगद नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र , उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीने पनि पौडेलले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरीन बताईएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ ।

त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् ।  प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका विभिन्न उपसमितीहरु समेत गठन भई सक्रिय रहेको र अहिलेसम्म मैदानलाई लोडरको सहायतामा सम्याउने , प्रचारप्रसार , टिम दर्तालगायतका कामहरु द्रुत गतिमा भईरहेको उक्त अवसरमा जानकारी दिईएको थियो । मञ्चका अध्यक्ष सुनिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक अधिकारी, प्रचार संयोजक पौडेल, पूर्व सचिव धनबहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close