पोखरा महानगरपालिकाले १४ भलिबल र ७ ब्याटमिन्टन कोर्ट निर्माण गर्ने

पोखरा न्यूज– ०३ बैशाख । पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । महानगरले १४ स्थानमा भलिबल कोर्ट र ७ स्थानमा ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बसेको खेलकुद पूर्वाधार निर्माण सम्बन्धी बैठकले उक्त निर्णय गरेको हो । प्राविधिक रुपले उपयुक्त देखिएका ठाउँमा खेलकुद पूर्वाधार निर्माण गर्ने निर्णय बैठकले गरेको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

निर्णय अनुसार वडा नम्बर ५ को वाराही मावि, वडा नम्बर १३ को धुवाँखोला, १७ को छोरेपाटन, महतगौंडा, वडा नम्बर १९ को तिलबारी, रैकर, वडा नम्बर २० को नवोदय युवा क्लब, वडा नम्बर २१ को मैदानडाँडा पोखरीमा भलिबल कोर्ट निर्माण गरिने छ ।

त्यसैगरी वडा नम्बर २२ को ठूलीवेणी, वडा नम्बर २४ को देउराली, वडा नम्बर २८ माझठाना, कालिकावेसी, वडा नम्बर ३१ को बेगनासड्याम, वडा नम्बर ३३ सुर्ताने खेल मैदानमा भलिबल कोर्ट निर्माण गरिने छ ।

वडा नम्बर ३ को कोपिलाढुंगा, वडा नम्बर १३ को तिलहारको पाखा, वडा नम्बर १८ को सतानेश्वर मार्ग, वडा नम्बर २४ को धुपीचौर मौला, वडा नम्बर २५ को जैसीचौर, वडा नम्बर २६ को अर्घौबजार र वडा नम्बर ३० को खुदीमा ब्याटमिन्टन कोर्ट निर्माण गरिने सुवेदीले जानकारी दिए । २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माणको लागि महानगरले ६७ लाख १३ हजार रकम विनियोजन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button