ठगीको समाचार लेख्ने पत्रकार गिरीलाई पक्राउ गरि म्याद थप गरिएको बिरोधमा देशभरका पत्रकार आन्दोलित

पोखरा न्यूज – ०३ , बैशाख । ठगीको समाचार लेखेकै भरमा साइवर क्राइम मुद्धामा सोमबार पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरीलाई अविलम्ब रिहाइको माग गर्दै देशभरका पत्रकार आन्दोलित भएका छन् ।

प्रेस काउन्सिल नेपालमा अनलाइन दर्ता नभएको बहानामा साइवर क्राइम मुद्धा लगाएर पक्राउ गरिएका गिरीको अनलाइन ताण्डब न्यूज दर्ता भएको पुष्टी सहितको पत्र काउन्सिलले लेखेर काउन्सिलको नियम अनुसार हुने भन्दै रिहाइको लागि पहल गर्न भनिएतापनि गिरीलाई रिहाइ गर्नुको साटो कारबाहीको तयारी गर्दै म्याद थप गरिएको भन्दै कास्की जिल्ला लगायत देशभरका पत्रकारहरु आन्दोलित भएका हुन् ।

मंगलबार नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा कास्कीका पत्रकारहरुले पक्राउ परेका गिरीलाई विनाशर्त रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली तथा महासंघ जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्को अगुवाइमा डेढ दर्जन बढी पत्रकार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर खबरदारी गरेका थिए ।

त्यसैगरी मगलबार नै नेपाल पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्ला साखाका पत्रकारहरुले आ – आफ्नो क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिए । केन्द्रमा पनि दिनभर बिभिन्न पत्रकार संघको संयोजनमा धर्ना तथा बिरोधका कार्यक्रमहरु गरिए।

कास्कीमा पत्रकार गिरीको पक्राउको बिरोध स्वरूप पत्रिकाको सम्पादकीयमा कालो पोत्ने, अनलाइनका होम पेज लगायत समाचारमा कालो ब्यानर राख्ने तथा रेडियो टेलिभिजनले ९० सेकेण्ड प्रसारण रोक्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । कास्कीका अनलाइन संचारमाध्यमहरुले गिरीको रिहाइको माग गर्दै कालो ब्यानर राख्न सुरु गरिसकेका छन् । पत्रिकाहरुले बिरोध स्वरूप बुधबार सम्पादकीय कोलममा कालो पोत्ने छन् भने रेडियो टेलिभिजनले विहान ६ बजे ९० सेकेण्ड प्रसारण रोक्ने छन् । बाँकी आन्दोलनका कार्यक्रम महासंघको बैठकले तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले उल्लेख गरेका छन् ।

मंगलबार जिल्ला अदालत काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी तीन दिन म्याद थप गरेपछि पत्रकारिता साइबर अपराध नभएको भन्दै प्रेसमाथिको ज्यादती बन्द हुनुपर्ने तथा पत्रकार गिरीलाई तत्काल रिहाइ गर्नुपर्ने माग राख्दै देशभरका पत्रकार आन्दोलित भएका हुन् ।

पत्रकार गिरीलाई कास्की प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साइबर क्राइमको मुद्दामा पक्राउ गरि थप अनुसन्धानका लागि भन्दै सोमबार काठमाण्डौ लगेको थियो ।

गिरीले केही दिन अगाडि ‘ठग ! बदमास विपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलई आधारमा बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए ।

विपिन वताश (विपेन्द्रराज वताश) ले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको गिरीले लेखेको समाचारमा उल्लेख छ। गिरीले आफु आवद्ध ताण्डव पत्रिका र अनलाइन ताण्डब न्यूज डटकममा श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएपछि ठगीको समाचार प्रकाशित गरेका थिए ।

प्रेस काउन्सिलका अनुगमन अधिकृत भनिएका सुरेन्द्र मल्लले लापरवाही गर्दै बतासलाई दर्ता भएको अनलाइनलाई दर्ता नभएको भनेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काउन्सिल सँग आफैले नबुझी सिधै मुद्दा दायर गरि पत्रकार गिरीलाई नियन्त्रणमा लिएको थियो ।

कुनै सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार सामग्री चित्त नबुझेमा उजुरी र कारवाही गर्नेसम्बन्धी दुवै व्यवस्था नियमनकारी निकाय “प्रेस काउन्सिल” मा भएकोमा नियोजित रुपमा पत्रकार अर्जुन गिरीलाई साइबर क्राइमको मुद्दा दायर गरि पक्राउ कारबाहीको तयारी गरिएको भन्दै पत्रकार सम्बद्ध संघ संस्था र पत्रकारहरुले घटनाप्रति खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button