पोखरा-३१ मा हुने वडास्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा

पोखरा न्यूज– ०४ बैशाख । पहिलोपटक आयोजना गर्न लागिएको पचभैया वडास्तरीय भलिबल प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरा ३१ पचभैयास्थित अमर सिद्ध नमुना उच्च माविको खेलमैदानमा बिहीबारलेखि संञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक पचभैया प्रगतीशील युवा मञ्चले जनाएको हो । प्रतियोगितामा पोखरा महानगरका सम्पूर्ण वडाका तर्फबाट भलिबल टिमले सहभागिता जनाउने खेल संयोजक पुरुसोत्तम अधिकारीले दाबी गरेका छन् ।

अहिलेसम्म एक दर्जनभन्दा बढी वडाले टिम दर्ता गराईसकेका छन् बाँकीले प्रतियोगिता सुरु हुने दिन नै दर्ता गर्ने प्रतिवद्धता जनाएको पनि अधिकारीले जानकारी दिए । प्रतियोगिता अन्र्तगत यस संस्करणमा उपाधी बिजेतालाई नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरीनेछ भने उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीनेछ ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरीनेछ । पोखरा महानगरपालिका वडा नं ३१ ले संयोजन गरेको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ । त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् ।

पचभैयाको पर्यटन प्रवर्द्धनसहित मञ्चले निर्माण गर्न लागेको खेलमैदानको बिकासका लागि प्रतियोगिता आयोजना गरीएको हो । आफ्नै मैदान निर्माण भईसकेपछि आगामी संस्करणहरु सोही स्थानमा सञ्चालन गरीने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button