पोखरा-३३ स्थित सरस्वती टीका बहुमुखी क्याम्पसको भवन शिलान्यास

पोखरा न्यूज– ०४ बैशाख । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित सरस्वती टीका बहुमुखी क्याम्पसको निर्माणाधिन भवन शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज एक कार्यक्रमकाबीच क्याम्पस भवनको शिलान्यास गरे कार्यक्रममा प्रमुख जिसीले आँफूहरू राम्रो पोखरा निर्माणको अभियानमा जुटेको बताउँदै निर्माणाधिन भवनको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भौगोलिक विकटता भएका स्थानलाई विकासका लागि समेट्दै महानगर अघि बढेको उल्लेख गर्दै उनले विकासलाई निकट ल्याउने र निकटलाई राम्रो बनाउने लक्ष्यका साथ आँफूहरू कृयाशिल भएको स्पष्ट पारे ।

पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले यस क्षेत्रमा उच्च शिक्षाको समग्र उन्नयनका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे । सबैको साथ र सहयोग भएमा निर्माणाधिन भवनलाई चाँडै नै सम्पन्न गर्न सकिने उनले उल्लेख गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पीताम्बर पौडेलले सबैको साथ र सहयोगमा २०६९ सालदेखि क्याम्पस अघि बढेको बताउँदै निर्माणाधिन भवनलाई समयमा नै सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य भएको उल्लेख गरे ।
क्याम्पस प्रमुख युवराज लामिछानेले हालका लागि करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष टुकराज भण्डारी, संस्थापक सदस्य केशव आचार्य, पूर्व क्याम्पस प्रमुख डिल्लीराम बराल, भोजराज आचार्य लगायतले आ आफ्ना धारणा राखे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button