सवारी दुर्घटनामा परि गोरखाका खड्काको मृत्यु

पोखरा न्यूज – ०५ , बैशाख । पृथ्वी राजमार्गअन्तर्गत चितवन इच्छाकामना–४ लेवाटारमा हाइसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख १९१२ नंको अर्को हाइसमा ठोक्किन पुगेका थिए । दुईवटै हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button