ठगीको समाचार लेखेकै आधारमा पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

पोखरा न्यूज – ०५, बैशाख । ठगीको समाचार लेखेकै आधारमा सोमबार पोखराबाट पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

साइबर अपराधको मुद्दा लगाएर बैशाख  २ गते पोखराबाट  पक्राउ गरिएका गिरीलाई जिल्ला अदालत काठमाण्डौले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो ।अधिवक्ता स्वागत नेपाल लगायतले बिहिबार गरेको बहसपछी यस्तो आदेश आएको हो ।

पत्रकार गिरीलाई कास्की प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साइबर अपराधको मुद्दामा पक्राउ गरि थप अनुसन्धानका लागि भन्दै सोमबार काठमाण्डौ लगेको थियो । गिरीले केही दिन अगाडि विपेन्द्रराज बतासले ठगी गरेको भन्दै लेखेको समाचारलई आधार बनाएर बतासले सिआइबीमा गिरीविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए ।

ठगीको समाचार लेखेकै भरमा साइबर अपराधको मुद्दा लगाएर पत्रकार गिरीलाई पक्राउ गरिएपछि पोखरा लगायत देशभरका पत्रकार आन्दोलित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button