तनहूँमा किराले टोक्दा ३ घाइते, घाइतेलाई उपचारको लागि पोखरा ल्याइयो

पोखरा न्यूज – ०७, वैशाख । तनहूँमा किराले टोक्दा तिन जना घाइते भएका छन् ।

शनिबार तनहूँको रिसिङ गाउँपालिका -४ थप्रेकको जंगलमा जंगली किराले टोक्दा तिन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौरी जस्तो देखिने जंगली किराले टोक्दा स्थानीय ५६ बर्षीय कमल बिक, ५४ बर्षीय टंकलाल बिक र वर्ष ४८ को मन बहादुर बिक घाइते भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

खायो नामको मौरी जस्तो देखिने किराले शरीरको विभिन्न भागमा टोक्दा घाइते भएका तीनैजनालाई उपचारको लागि पोखरा तर्फ पठाइएको प्रवक्ता पुरीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button