फेवातालसगै जोडिएको पहारी कुल मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउ : सांसद पहारी

पोखरा न्यूज – ०७, वैशाख । गण्डकी प्रदेशका सांसद तथा यूवा नेता राजिब पहारीले फेवातालसगै जोडिएको पहारी कुल मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन आग्रह गरेका छन् ।

पहारीहरुको कुल मन्दिर फेवातालसगै जोडिएकोले क्षेत्रलाई धार्मिक पार्क सहित पर्यटकीय गन्तव्य बनाउन पहल गर्न पहारी कुल संरक्षण समिति पोखरा – ६ बैदामका पदाधिकारी र सदस्य समक्ष सांसद पहारीले आग्रह गरेका हुन् ।

पहारी कुल संरक्षण समितिद्वारा शनिबार पोखरामा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै सांसद पहारीले उक्त  क्षेत्रलाई धार्मिक पार्क सहित पर्यटकीय गन्तब्य बनाउन आफुले कुनै पनि सहयोग गर्ने तयार रहेको समेत  बताए ।

शनिबार एक कार्यक्रमको आयोजना गरि समितिले क्यालेन्डर विमोचन सहित शुभकामना आदान प्रदान गरेको समितिका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिएका छन । समितिले नेपाल भरी रहेका सम्पूर्ण पहारीहरुको हक हित, गरिब तथा जेहेन्दार विद्याथी र  असहायहरुको सहयोगको लागि अक्षयकोषको स्थापना गरेको पहारीले जनाए। अक्षयकोषमा हालसम्म ७ लाख ६ हजार ५ सय रुपैया जम्मा भएको उनले  बताए ।

अक्षयकोषका लागि गोविन्द राज पहारीले १ लाख १ हजार, महेश्वर पहारीले १ लाख, बासु पहारीले ५१ ह्जार, विश्वराज पहारीले ५१ ह्जार, नारायण पहारी जोनीले ५१ ह्जार, दुर्गादेवी पहारीले ५० हजार, हरिकला पहारीले ५० हजार,कृष्णकुमारी पहारीले ५१ ह्जार, पुष्षा पहारीले ५० हजार, दिलमाया पहारीले २५ हजार ५ सय, गोविन्द बहादुर पहारीले २५ हजार, लालबहादुर पहारीले २५ हजार र राम्जी पहारीले २५ हजार रुपैया प्रदान  गरेको समितिका कोषाध्यक्ष परशुराम पहारीले जानकारी दिए  ।

मन्दिर क्षेत्रमा करिब १५ देखी २० लाखको लागतमा स्व. छोरा शैलेष पहारीको सम्झनामा बुवा पिताम्वर पहारीले ट्रस्ट निर्माण गरिदिने भएको पोखरा- ०६ का  वडा अध्यक्ष तथा समितिका सचिब जगत बहादुर पहारीले जानकारी दिए ।

गोविन्दराज पहारीको सभाध्यक्षतामा भएको कार्यक्रममा परशुराम पहारी, कुष्णकुमारी पहारी, गणेशराज पहारी, बद्रीनाथ पहारी, सल्लाहकार नारायण पहारी, डा. भरतराज पहारी लगाएतका बक्ताहरुले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button