बागलुङमा आगलागी हुँदा १ बालकको मृत्यु

पोखरा न्यूज – ०७, वैशाख । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उहाँका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । आमा तरकारी टिप्न बारीमा गएको र बालबालिका गोठमा खेलिरहेको समयमा आगलागी भएको निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुवीर विकले जानकारी दिए ।

आगलागीमा परेर मृतक विशाल सुनारका दाजु विनोदसुनार सामान्य घाइते भएका छन् । गोठको भारमा आगलागी भएको भए पनि गोठको तल्लो भागमा रहेका गाईबस्तुलाई कुनै क्षति नभएको बताइएको छ । भारमा भएको पराल र अन्य सामग्री भने जलेर पूर्णरुपमा नष्ट हुँदा करीब रु तीन लाख बराबरको आर्थिक क्षति भएको वडाध्यक्ष विकले बताए ।

आगलागीपश्चात् स्थानीयको जानकारीमा घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिवाखोलाको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button