आठौं राष्ट्रिय खेलकुद: रंगशालामा हुने पौडी प्रतियोगिता तारे होटलमा

पोखरा न्यूज – ०८, वैशाख । पानी व्यबस्थापन गर्न नसक्दा नेपालगन्ज रंगशालामा हुने पौडी प्रतियोगिता चारतारे होटलको पौडी पोखरीमा

नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा पानी व्यबस्थापन गर्न नसक्दा रंगशालामा हुने पौडी प्रतियोगिता तारे होटलको पौडी पोखरीमा संचालन भएको छ ।

नेपालगन्ज रंगशालामा छोटो समयमा पौडी पोखरी तयार पार्नु परेकोले एकै दिनमा १६ लाख लिटर पानी आवश्यक भएकोले तत्काल उक्त पानीको जोहो गर्न नसकेर आफुहरुले पौडी प्रतियोगिता होटलमा गर्नु परेको मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष एवं ३५ ठाँउ खेल स्थल तयारी उपसमितिका संयोजक समेत रहेका भिम ओलीले बताए ।  तीन दीनमा मात्र पानी पुर्याउन सकिने भएकोले होटलको पौडी पोखरीको विपकल्प नभएको उनले जनाए ।

नेपाल खानेपानी संस्थानले पनि उक्त पानीको एकै दिनमा जोहो गर्न नसक्ने आफुहरुलाई जानकारी दिएकोले आफुहरुले उक्त प्रतियोगिता स्थगीत नगरी होटलको पौडी पोखरीमै गरेको अध्यक्ष ओलीले बताए । उनले भने “ हामीले पौडी प्रतियोगिता नेपालगन्ज रंगशालामा हुने भनि पुर्व सुचना दिए पनि प्राविधिक कारणले गर्दा हामीले रंगशालामा संचालन गर्न सकेनौं, हामीले प्रदेश स्तरिय पौडी प्रतियोगिताको छनौट भएको स्थल सिग्नेट होटलको पौडी पोखरीलाई नै भेनुको रुपमा प्रयोग गरेका छौं । ” पौडी पोखरी, प्यारापिट, एट्याच वाथरुम, कार्यालय भवन सहितको संरचना निमार्णको लागि करिब २३ करोडको योजना रहेको जस मध्य पहिलो चरणमा १५ करोडको काम तीब्र गतिमा भएको उनले जनाए ।

नेपालगन्ज रंगशालामा विभिन्न खेलकुदका भौतिक संरचनाको निमार्ण कार्य सुस्त गतिमा हुँदा रंगशालामा हुने पौडी प्रतियोगिता नेपालगन्जको एक चार तारे होटलमा भएको छ । नेपालगन्ज रंगशालामा करिब १५ करोडको लागतमा पौडी पोखरीको निमार्ण कार्य अघि बढाए पनि प्रतियोगिताको समय सिमा भित्र उक्त निमार्ण कार्य सम्पन्न गर्न नसक्दा खेलाडीहरुलाई सास्ती भोग्नु परेको छ ।

५० मिटर लम्वाई र २५ मिटर चौडाइमा निमार्ण हुदै गरेको उक्त पौडी पोखरी समयमै निमार्ण नहुदा खेलाडीहरुले नेपालगन्जको चारतारे होटल सिग्नेटको २५ मिटर लम्वाइको पौडी पोखरीमा प्रतिस्पर्धा गरेका हुन् । यसरी खेलाडीहरुले २५ मिटरको दुरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दा राउण्ड लगाउनु पर्ने भएकोले राष्ट्रिय रेकर्ड तोड्न अलि कठिन हुने गण्डकी प्रदेशका प्रशिक्षक एवं कास्की जिल्ला पौडी संघका सचिव आनन्द कुवंरले बताए ।

सार्वजनिक रुपमा रंगशालामा हुने पौडी प्रतियोगिता कुनै होटलमा हुँदा स्वभाविक रुपमा आर्थिक भार समेत पर्ने भएको उनले बताए । नेपाल ओलम्पिक कमिटिका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले दुरदर्शीताका कारण हचुवाको भरमा राष्ट्रिय खेलकुद आयोजना गर्दा धेरै कमिकमजोरी रहेको टिप्पर्णी गरे । उनले भने “राष्ट्रिय खेलकुद प्रतियोगिता दुइ/दुई बर्षमा निरन्तर हुँदै अएकोमा हाम्रो लागि खुसिको कुरा हो, खेल पुर्वाधारको हिसावले जुनरुपमा समयमै निमार्ण गर्नु पर्थ्यो त्यो हुन् सकेन, भिआइपि प्यारापिट समेत उद्घाटन सत्रमा पूर्ण रुपमा संचालनमा आउन सकेन, पौडी पोखरीमा भएको लगानी अब कतै वालुलामा पानी हालेसर हुन्छकी भन्ने हामीलाई बढो चिन्क्ता लागेको छ । ”

काजगी रुपमा विभिन्न जिम्मेवार पदमा रहेकाहरुले आफ्नो जिम्मेवारी भुलेर भिआइपिका अघि पछि लाग्नाले प्रतियोगिताको दौरानमा धेरै समस्या आएको अध्यक्ष गुरुङको आरोप छ । उनले भने “जुन प्रयोजनाको लागि भनेर निमार्ण भएको उक्त काम गर्नको लागि तारे होटलको पौडी पोखरी खोज्नु पर्ने कस्तो व्यबस्थापन हो, यातायात व्यावस्थापनको गैरजिम्मेवार पनले खेलाडीहरुले सास्ती भोग्नु परेको छ । ”

विभिन्न उपसमितिहरु मध्य स्वास्थ्य क्षेत्र राम्रो भएको बताएका गुरुङले यातायात व्याबस्थापन अस्तव्यस्त भएको दाबी गरे ।  त्यसै गरी नेपालगन्जमा भएको ८ औं खेलकुदल १३ वटा खेल पुर्वाधार निमार्ण भएको उनले बताए । करिब एक अर्बको लागतमा उक्त खेलकुदको भौतिक संरचना निमार्ण भएको अध्यक्ष ओलीले जनाए ।

कपिलबस्तुमा २५ लाखको लागतमा कुस्ती खेल मैदान निमार्ण देखि नेपालगन्ज रंगशालामा १० हजार दर्शक क्षमताको भिआइपि फुटवल रंगशाला निमार्ण हुनुले आफुहरुलाई धेरै सहयोग मिलेको अध्यक्ष ओलीले जनाए ।

उक्त रंगशाला १९ करोड लागतमा निमार्ण भएको हो भने सोमबार देखी हुने सेमिफाईनलका खेलहरु सोही मैदानमा हुने भएको छ । पौडी प्रतियोगिता आइतबार देखि सिग्नेट होटलको पौडी पोखरीमा सुरु भएको छ । प्रतियोगितामा ११ टिमका १ सय ३२ जना खेलाडीहरु सहभागि भएकाछन्। ३४ वटा इभेन्टमा प्रतिष्प्रर्धा हुने भएको बताइन्छ । प्रतियोगिता वैशाख ११ गतेसम्म चल्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button