सुस्मिताले दिलाईन गण्डकी प्रदेशलाई तेक्वान्दोबाट स्वर्ण पदक

पोखरा न्यूज – ०९, वैशाख ।  नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोबाट सुस्मिता थापा मगरले  स्वर्ण पदक हात पारेकी छन् ।

आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा सुस्मिताले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्।

गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्मेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button