बागलुङमा बस दुर्घटना हुँदा ८ घाइते

पोखरा न्यूज – ०८, वैशाख । बागलुङको ताराखोला गाउँपालिकाको माँझखर्क बाट लेखानीतर्फ आउँदै गरेको जन्ती चढेको बस आज काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

ध १ ख ४६८ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।  बस सडकबाट चिप्लिएर खसेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button