बसले मोटरसाइकललाई ठक्कर दिँदा पोखरा २२ का कुवँरको मृत्यु

मोटरसाइकलको पछाडि सवार मासवार की राउत घाइते

पोखरा न्यूज – ०९, बैशाख । बसले मोटरसाइकललाई ठक्कर दिँदा  एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा सोमबार भएको दुर्घटनामा पोखरा  पुम्दी भुम्दी -२२  निवासी ३१ वर्षीय सन्दिप कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ८४१० नम्बरको बसले प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

दुर्घटनामा परि मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ मासवार निवासी सिर्जना राउत घाइते भएकी छन् । प्रवक्ता  पुरीका अनुसार  घाइते राउतलाई दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि  मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याइएको छ ।

पोखराबाट दमौली तर्फ जाँदै  गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बसले तनहुँ म्याग्दे गाउँपालिकाको  गुणादीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्कर दिने बस र चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button