पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते

पोखरा न्यूज – १०, बैशाख । पोखराको जिरो किलोमिटर नजिकै यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

जिरो किमीबाट सिर्जनाचोक तर्फ जाँदै गरेको ना ५ ख ६०८ नम्बरको पृथ्वी डिलक्सको यात्रुवाहक बसले मंगलबार दिउसो करिब १: ३० बजे बिपरित दिशाबाट आउदै गरेको ग १२ प ८८९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा -१० वीरेन्द्र चोकका २४ बर्षीय सुबास गुरुङ घाइते भएका हुन् ।

दुर्घटना घाइते भएका मोटरसाइकल चालक  गुरुङको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिब पाठकले पोखरा न्यूजलाई जानकारी दिए । दाहिने खुट्टा र देब्रे हातमा चोट लागेका गुरुङको अवस्था खतरामुक्त  रहेको प्रहरीले जनाएको  छ ।

दुर्घटना पश्चात भाग्न खोजेका बसका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । स्थानीयका अनुसार तिब्र गतिमा अन्य गाडीहरुलाई ओभरटेक गर्दै सिर्जनाचोक तर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटना पश्चात प्रहरीले बस र बस चालक रोल्पा लिवाङका ३० बर्षीय परियारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button